2026-09-13 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रलीमा स्टिकर

राम नारायण पंडित | माघ १३, सिरहा । बढ्दै गएको सडक दुर्घटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय  सिरहाले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रली पछाडी रिफ्लेटिङ स्टिकर टाँस्ने अभियान आजदेखि सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । 

ट्रयाक्टरको पछाडी बती नहुँदा खास गरी रातीको समयमा दुर्घटना हुने सम्भावना बढी रहेकाले ट्रलीको पछाडी टल्किने खालको रिफ्लेटिङ स्टिकर टाँस्ने अभियान सुरु गरिएको उनले बताए । स्टिकर टाँस्ने अभियान संचालनका लागि मातहतका युनिटमा सर्कुलर गरिएको प्रमुख बस्नेतले बताए । पुर्बपश्चिम लोकमार्गको साथै ग्रामिण क्षेत्रमा रहेका ट्रयाक्टरहरुमा स्टिकर टाँस्ने काम भईरहेको उनले दाबी गरे । 

अभियानले सबारी दुर्घटनामा कमी आउने प्रमुख बस्नेतले विश्वास ब्यक्त गरेका छन् । मौसममा आएको परिबर्तनसंगै विहान–बेलुका कुहिरो लाग्ने गरेकाले चालकहरुलाई सजग भएर सबारी चलाउन उनले आग्रह पनि गरेका छन् ।

हाईस र ट्रिपरको गति नियन्त्रण 

तिव्र गतिका कारण भईरहेको दुर्घटना कम गर्न हाईस र ट्रिपरको गति नियन्त्रण गर्ने तयारी भईरहेको प्रमुख बस्नेतको भनाई रहेको छ । खास गरी हाईस र ट्रिपर चालकले तिब्र गतिमा लेन मिचेर सबारी चलाउँदा दुर्घटनाको जोखिम बढेको अबस्थालाई मध्य नजर गर्दै यसलाई नियन्त्रण गर्ने गृहकार्य भईरहेको समेत उनले दाबी गरे । छिट्टै पुगिने प्रतिस्पर्धाले सबारी चालकहरुले नियमको पालना नगरी ओभरटेक गरेर सबारी चलाउँदा दुर्घटनाको सम्भावना बढी रहेकाले यसलाई न्युनिकरण गर्न कदम अगाडी बढाईएको प्रमुख बस्नेतले बताए । 

चेकजाँचमा कडाई

सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारीसाधन चेकजाँचमा कडाई गरेका छन् ।  दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले मातहतका युनिटहरुमा सर्कुलर जारी गर्दै सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको प्रमख बस्नेतले स्पष्ट गरे । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले