२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

पहिरोले पुरिएर हराइरहेका गोठालोको खोजी गर्न सेना परिचालन

२०७५, १४ माघ सोमबार ०५:५५

माघ १४, धादिङ | ओडारमा भेडाबाख्रासहित पहिरोले पुरिएर हराइरहेका दुई गोठालाको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरीले संयुक्त रुपमा गर्ने भएका छन् । 

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइतबार बिहान पहिरोमा ओडार पुरिएकाले ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ त्यसमै परेको हुनसक्ने आशङ्का गरिएको छ । 

प्रदेशसभा सदस्य जगत सिंखडा, पूर्वगृहमन्त्री बुद्धिमान तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले सो क्षेत्र अवलोकन गरी सदरमुकाम फर्केपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर संयुक्तरुपमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमार्फत उद्धार गर्ने निर्णय गरिएकोे थियो । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा छ । हिँडेर उद्धारकर्मी जान नसक्ने भएपछि गृहमन्त्रालयमा हेलिकोप्टरसहित आवश्यक उपकरण उपलब्ध गराउन माग गरिएको छ । 

गृहमन्त्रालयको आदेश पाएपछि आज बिहानै घटनास्थल पुगेर उद्धार शुरु गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो । ओडारमा २०० भेडा र ५० बाख्रा पहिरोमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ । पहिरोमा केही भेडा मरेको देखिए पनि ठूला ढुङ्गा सामान्य तरिकाले हटाउन नसकिने भएकाले संयुक्त रुपमा उद्धार गर्ने तयारी गरिएको हो । 

दुई दिन अघिदेखि हिउँ परेर केही उघ्रिएकाले भेडाबाख्रा लिएर जङ्गल गएका बखत शनिबार पुन हिउँ परेकाले ओडारभित्र बसेका उनीहरु ओडारमाथिको पहिरोले पुरिएका हुनसक्ने बताइएको छ । पहिरोले पुरिएपछि केही भेडा पहिरोमा चेपिएर मरेको देखिए पनि अन्य भेडा र मानिस कस्तो अवस्थामा छन् भन्ने जानकारी नभएको र उनीहरु जीवितै हुनसक्ने भएकाले सुरक्षित उद्धार गरिनुपर्ने प्रदेशसभा सदस्य जगत सिंखडाले घटनास्थलबाट सदरमुकाम फर्केपछि बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह