२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाको आजको बैठक स्थगित

२०७५, १४ माघ सोमबार ०६:३४

माघ १४, काठमाण्डौ | राष्ट्रियसभाको आजको बैठक नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ । 

आफ्ना शीर्ष नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै काङग्रेसले आजको बैठक सञ्चालनमा अवरोध गरेको हो । 

यसअधि माघ दुई र सात गतेको बैठक पनि काङग्रेसले सोही कारण अवरुद्ध गरेको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौवटा ठूला अस्पताल सङ्घ अन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । 

तर जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र (तनहुँ) र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके) कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय नगरेको बताइन्छ । यसमा काङग्रेसले आपत्ति जनाउँदै आएको छ । 

आजको बैठक शुरु हुने वित्तिकै नेपाली काङग्रेसका सांसद आ–आफ्ना स्थानमा उठ्नु भएको थियो । यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले काङग्रेसका सांसद बद्री पाण्डेलाई बोल्न समय दिनुभयो । 

सांसद पाण्डले प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाउनुभयो । 

उहाँले गणतन्त्र स्थापना, शान्ति प्रक्रिया, संविधान निर्माणमा आफ्ना शीर्ष नेताको योगदानलाई कही कतैबाट अवमूल्यन गर्ने काम नहोस् भन्दै ती अस्पतालले जनताको स्वास्थ्य सेवा गर्ने अवसर पाउनुपर्छ भन्नुभयो । 

सांसद पाण्डेले चालु अधिवेशन विधेयक अधिवेशन समेत भएकाले नेपाली काङग्रेसले सरकारलाई रचनात्मक भूमिकामा सहयोग गर्ने छ भन्नुभयो । त्यसपछि पनि नेपाली काङग्रेसका सांसदहरु आ–आफ्ना आसनबाट उठिरहनुभएकाले अध्यक्ष तिमल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभयो ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई टेवल गर्नुहुने लगायतका कार्यसूची रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह