Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

च्याउखेतीबाट मनग्य आम्दानी गर्छन महोत्तरीका भुजेल

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ&nbsp; १४, बर्दिवास | काममा लगन र समर्पण भएपछि कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण बन्नुभएको छ महोत्तरीको बर्दिवास नगरपालिका–२ हङकङ डाँडाका दीपक भुजेल । बाली नसप्रिने गेगयान जग्गामा ४५ वर्षीय भुजेलले १० टनेलमा च्याउखेती गर्दै आउनुभएको छ ।&nbsp;<br></p><p>दुई वर्ष अघिसम्म भुजेललाई घरखर्च कसरी चलाउने भन्ने चिन्ता हुन्थ्यो । घरखर्चका लागि उहाँ अब आफ्नो व्यवसायप्रति ढुक्क हुनुहुन्छ । च्याउखेतीका कारण अहिले उहाँले नाम र दाम पाउनु भएको छ । “च्याउखेती गरेदेखि कुनै कुराको अभाव खट्केको छैन,” भुजेल भन्नुहुन्छ । दुई वर्षअघि कामको खोजीमा काठमाडौँ पुग्नुभएका भुजेलले ललितपुरको गोदावरी–१४ ठैबमा च्याउखेती गरेको देखेपछि यस व्यवसाय हात हाल्नु भएको हो ।&nbsp;</p><p>“छोराछोरीको पढाइ खर्च यसैबाट धानेको छु, घरको खर्च राम्रैसँग चलेको छ,” उहाँले भन्नुभयो, “वार्षिक रु पाँच लाखसम्म बचत हुन्छ ।” दश टनेलमा राखिएका तीन हजार २१२ पोकामा अहिले दैनिक ७०० किलो च्याउ उत्पादन हुने गरेको छ । भुसको पोका राखेर कैयौं पटक उत्पादन लिन सकिने भुजेल बताउनुहुन्छ । उहाँले टिसुकल्चर, ठोडिटा, ८३५, ५३ सहितका जातको च्याउखेती गर्र्दै आउनु भएको छ । च्याउ खरिद गर्न व्यापारी घरमै आउने गरेका छन् । प्रतिकिलो रु १५० मा च्याउ बिक्री गर्दै आएको भुजेलले बताउनुभयो । पराल, पानी राख्ने ड्रम, पराल काट्ने औजार र परालको भुसलाई पोको पारी च्याउखेती गर्न सकिन्छ । रासस&nbsp;</p>