२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

च्याउखेतीबाट मनग्य आम्दानी गर्छन महोत्तरीका भुजेल

१४ माघ २०७५, सोमबार ०९:०८

माघ  १४, बर्दिवास | काममा लगन र समर्पण भएपछि कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण बन्नुभएको छ महोत्तरीको बर्दिवास नगरपालिका–२ हङकङ डाँडाका दीपक भुजेल । बाली नसप्रिने गेगयान जग्गामा ४५ वर्षीय भुजेलले १० टनेलमा च्याउखेती गर्दै आउनुभएको छ । 

दुई वर्ष अघिसम्म भुजेललाई घरखर्च कसरी चलाउने भन्ने चिन्ता हुन्थ्यो । घरखर्चका लागि उहाँ अब आफ्नो व्यवसायप्रति ढुक्क हुनुहुन्छ । च्याउखेतीका कारण अहिले उहाँले नाम र दाम पाउनु भएको छ । “च्याउखेती गरेदेखि कुनै कुराको अभाव खट्केको छैन,” भुजेल भन्नुहुन्छ । दुई वर्षअघि कामको खोजीमा काठमाडौँ पुग्नुभएका भुजेलले ललितपुरको गोदावरी–१४ ठैबमा च्याउखेती गरेको देखेपछि यस व्यवसाय हात हाल्नु भएको हो । 

“छोराछोरीको पढाइ खर्च यसैबाट धानेको छु, घरको खर्च राम्रैसँग चलेको छ,” उहाँले भन्नुभयो, “वार्षिक रु पाँच लाखसम्म बचत हुन्छ ।” दश टनेलमा राखिएका तीन हजार २१२ पोकामा अहिले दैनिक ७०० किलो च्याउ उत्पादन हुने गरेको छ । भुसको पोका राखेर कैयौं पटक उत्पादन लिन सकिने भुजेल बताउनुहुन्छ । उहाँले टिसुकल्चर, ठोडिटा, ८३५, ५३ सहितका जातको च्याउखेती गर्र्दै आउनु भएको छ । च्याउ खरिद गर्न व्यापारी घरमै आउने गरेका छन् । प्रतिकिलो रु १५० मा च्याउ बिक्री गर्दै आएको भुजेलले बताउनुभयो । पराल, पानी राख्ने ड्रम, पराल काट्ने औजार र परालको भुसलाई पोको पारी च्याउखेती गर्न सकिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो