2026-09-14 06:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार सम्पन्न

भाष्कर के.सी । माघ १४, कञ्चनपुर । माघ ५ गते सम्पन्न भएको निर्वाचित भएका कञ्चनपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई आज एक कार्यक्रम विच सपथ ग्रहण तथा पदस्थापन सुम्पिएको छ ।

कवाउ संघको नव निर्वाचित अध्यक्ष जङ्ग मल्ललाई  आज अध्यक्ष सुरेश रावलले सपथ ग्रहण तथा पद हस्तान्तरण गरेका छन् । अध्यक्ष मल्ल लाई सपथ खुवाएपछि आफना नव निर्वाचित पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, उद्योग उपाध्यक्ष हेमराज जोशी, वाणिज्य उपाध्यक्ष मदन राज पन्त, महासचिव बाशुदेव जोशी, सचिव गणेश चटौत, कोषाध्यक्ष निर्मला भट्ट सापकोटा, र सदस्यहरु यज्ञराज भट्ट, विवेक राज जोशी, धिरज बहादुर चन्द, चेतराज जोशी कृष्ण नन्द भट्ट, कृष्ण देव भट्ट र महेश राज जोशी लगायत संस्था गत सदस्य प्रेम सिह भाटलाई मल्लले सपथ खुवाएका थिए ।

उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष सुरेश रावलले नव नियुक्त पदाधिकारीहरुलाई वद्याई दिदै, सबैले इमान्दारीका साथ काम गर्नु पर्ने र आफनो पराया नभनि सबैलाई एक समानाको व्यवहार गरी यस क्षेत्रको उद्योग तथा व्यापारको उन्नती तर्फ लाग्नु पर्ने बताउनु भयो ।

पदस्थापन तथा सपथ ग्रहण समारोहमा सभापतित्व अध्यक्ष सुरेश रावलले गर्नु भएको थियो भने उक्त कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल रहुनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले