Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका बासिन्दा भारु नोट साट्न भारत

२०७५, १४ माघ सोमबार ११:०८

विमलबहादुर विष्ट  | माघ १४, डोटी | पाँचसय र दुई हजारका भारतीय नोट जिल्लामा नसाटिदा यहाँका बासिन्दा भारतका विभिन्न शहर जाने गरेका छन् । भारतबाट मजदुरी गरी फर्केकाहरु दुई हजार र ५०० भारतीय नोट नसाटिदा मारमा परेका छन् । “भारु नोट भारतमै गएर साट्ने योजना बनाएको छु,” केआइसिंह गाउँपालिका– ५ रानागाउँका सुरेन्द्रविक्रम शाहीले भन्नुभयो । 

गाउँघरमा भारु दुई हजारको नेपाली दुई हजार रुपैयाँका दरले व्यापारीले साट्ने गरेका छन् । लाखौँ भारतीय रुपैयाँ साट्न स्थानीयवासी भारत जाने गरेका छन् । पैसाको स्रोत र गाउँपालिकाको सफिारिश बोकेर नोट साट्न भारत जाने गरेको जोरायल गाउँपालिका– ५ गड्सेराका खेम पातलीले भन्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भारतमा भारु साट्न जाँदैछु भनेर कसैले पनि सिफारिशका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिफारिश कसैले मागेको छैन, निवेदन आएमा नियमसङ्गत गरेर पठाउँछौँ ।” रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी