2026-09-04 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेशिया रोजगार सिन्डिकेट: सरकारको पक्षमा आदेश जारी गर्न नपर्ने ठहर

माघ १४, काठमाडौँ (रासस) | उच्च अदालत पाटनले कामका सिलसिलामा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट गरी कामदार ठगी गरेको आरोपमा सरकारले चलाएको मुद्दा पक्षमा आदेश जारी गर्न नपर्ने ठहर गरेको छ । 

पाटन उच्च अदालतका न्यायाधीशद्वय रमेश पोखरेल र नरेन्द्रकुमार शिवाकोटीको इजालसले आज सरकारको पक्षमा आदेश जारी गर्न नपर्ने फैसला सुनाएको अदालतका रजिस्टार बाबुराम दाहालले जानकारी दिनुभयो । 

आदेशमा भनिएको छ, “नेपाल सरकार र मलेसिया सरकारबीच गत कात्तिक १२ गते भएको द्विपक्षीय समझदारी पत्रमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा नेपाल सरकारले ३७ वटा मेडिकल संस्थालाई वैधानिकता दिएको देखिएको छ ।” 

अदालतले मुद्दा पुर्पक्षको सम्बन्धमा निवेदकबाट माग गर्ने गरेको धरौटी जमानत मिसिल संग्लन तत्काल प्राप्त प्रमाणका आधार अन्यथा नदेखिएको उल्लेख गर्दै काठमाडौँ जिल्ला अदालत र ललितपुरको आदेश मिलेको ठहरसमेत गरेको छ । सरकारले बायोमेट्रिक, भिएलएन, माइग्राम, ओएससी, जिआइसिसी लगायतका संस्थाले मलेसिया जाने कामदारमाथि ठगी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । 

प्रहरीले मेडिकल स्वास्थ्य परीक्षणमा सिण्डिकेट गरेको आरोपमा ३७ संस्थाका सञ्चालकलाई पक्राउ गरेको थियो । आदेशमा कामदारसँग पारदर्शी रुपमा रकम सङ्कलन गरेको, कानूनी रुपमा दर्ता गरी चलाएको र कानूनतः राजश्व तथा कर बुझाएको अवस्थामा थुनामा राखी कारवाही गर्नुनपर्ने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ