२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेशिया रोजगार सिन्डिकेट: सरकारको पक्षमा आदेश जारी गर्न नपर्ने ठहर

१४ माघ २०७५, सोमबार १६:३३

माघ १४, काठमाडौँ (रासस) | उच्च अदालत पाटनले कामका सिलसिलामा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट गरी कामदार ठगी गरेको आरोपमा सरकारले चलाएको मुद्दा पक्षमा आदेश जारी गर्न नपर्ने ठहर गरेको छ । 

पाटन उच्च अदालतका न्यायाधीशद्वय रमेश पोखरेल र नरेन्द्रकुमार शिवाकोटीको इजालसले आज सरकारको पक्षमा आदेश जारी गर्न नपर्ने फैसला सुनाएको अदालतका रजिस्टार बाबुराम दाहालले जानकारी दिनुभयो । 

आदेशमा भनिएको छ, “नेपाल सरकार र मलेसिया सरकारबीच गत कात्तिक १२ गते भएको द्विपक्षीय समझदारी पत्रमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा नेपाल सरकारले ३७ वटा मेडिकल संस्थालाई वैधानिकता दिएको देखिएको छ ।” 

अदालतले मुद्दा पुर्पक्षको सम्बन्धमा निवेदकबाट माग गर्ने गरेको धरौटी जमानत मिसिल संग्लन तत्काल प्राप्त प्रमाणका आधार अन्यथा नदेखिएको उल्लेख गर्दै काठमाडौँ जिल्ला अदालत र ललितपुरको आदेश मिलेको ठहरसमेत गरेको छ । सरकारले बायोमेट्रिक, भिएलएन, माइग्राम, ओएससी, जिआइसिसी लगायतका संस्थाले मलेसिया जाने कामदारमाथि ठगी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । 

प्रहरीले मेडिकल स्वास्थ्य परीक्षणमा सिण्डिकेट गरेको आरोपमा ३७ संस्थाका सञ्चालकलाई पक्राउ गरेको थियो । आदेशमा कामदारसँग पारदर्शी रुपमा रकम सङ्कलन गरेको, कानूनी रुपमा दर्ता गरी चलाएको र कानूनतः राजश्व तथा कर बुझाएको अवस्थामा थुनामा राखी कारवाही गर्नुनपर्ने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य