पढ्न करिब 1 मिनेट लाग्छ

माघ १५, डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुक खेलाउँदा पड्केर एक बालिका घाइते भएकी छन् ।

जिल्लाको नवदुर्गा गाउँपालिका-५ का १५ वर्षीय कुलदिप बिकले भरुवा बन्दुक खेलाउने क्रममा पड्किएर आफ्न १० वर्षीया आरतीकुमारी बिक घाइते भएकी हुन् ।

उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कुलदिप बिक र सोही ठाउँ बस्ने २८ वर्षीय दीपक ऐरलाई समेत नियन्त्रणमा लिएको छ । उक्त बन्दुक दीपक ऐर र सोही ठाउँ बस्ने २९ वर्षीय मोहन्तबहादुर साउदले राखेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।