२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेविसंघको विरोध प्रदर्शन जारी, ताहाचल र त्रिचन्द्र क्याम्पसमा प्रहरीको लाठिचार्ज

२०७५, १६ माघ बुधबार ०४:४१

माघ १६, काठमाडौँ | नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बलपूर्ण ढंगले पास गरेकोमा बिरोधमा कांग्रेस तथा उसका भात्री संगठनहरुले बिभिन्न बिरोधका कार्यक्रम गरेका हुन् । 

यसै क्रममा मंगलबार बेलुका काठमाडौँको ताहाचल स्थित महेन्द्ररत्न क्याम्पसमा नेविसंघका विद्यार्थीहरुले राके जुलुश सहित सरकारको विरोध गरे । क्याम्पसका उपसभापति कपिल थापाको नेतृत्वमा भएको राके जुलुश सहितको विरोध कार्यक्रममा आन्दोलनरत उपसभापति थापा सहित केहि नेविसंघका विद्यार्थीहरु घाइते भएका थिए । 

ताहाचल क्याम्पसबाट निस्किएको जुलुश कालिमाटीतर्फ जाँदैगर्दा कालिमाटी टंकेस्वरको पुल नजिक प्रहरीले नियन्त्रणमा लिने क्रममा लाठिचार्ज गरेको थियो । उक्त राके जुलुश कार्यक्रममा नेविसंघका पुर्व केन्द्रीय सदस्य महेश नेपाली, नेविसंघ नेता दिपक भट्टराई, सुवास पाण्डे, कौशल दाहाल, नवराज पण्डित, रिजय भण्डारी र युवराज अधिकारी लगायत ताहाचलका नेविसंघ विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 


उता मंगलबारनै त्रिचन्द्र कलेज अघि प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा संघका एक विद्यार्थी नेता सामान्य घाइते भएका थिए । उक्त विरोध कार्यक्रममा नेविसंघका महामन्त्री सरोज थापा, संघका पूर्वकेन्द्रीय सदस्य दीपक भट्टराई लगायतको उपस्थिति रहेको थियो । 

विद्यार्थीहरुले आफ्ना नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघ मातहतबाट हटाएको, चिकित्सा शिक्षा विधेयक संसद्‍बाट बलफजफ्ती पारित गरिएको लगायतका मुद्दा उठाउँदै विरोध जारी राखेका छन् ।

मंगलबार नै विद्यार्थीहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडि सडकमा सिठ्ठी जुलुशसमेत निकालेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह