२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर संचालकलाई महानिर्देशकको चेतावनी, १० हजारमा कामदार नपठाए सम्पूर्ण कारोबार रोक्छु

१६ माघ २०७५, बुधबार १२:४८

मनोज पराजुली, माघ १६, काठमाडौं । बैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापागाईंले सनलाइट ह्युमन रिसोर्सका संचालकलाई १० हजारमा कामदार पठाउन निर्देशन दिएका छन् । तोकिएको लागतमा कामदारलाई विदेश नपठाए म्यानपावर कम्पनीको सम्पूर्ण कारोबार रोक्का गरि कानूनी बाटो रोज्ने चेतावनी दिएका छन् ।


म्यानपावर कम्पनीले युएइको सेकुरी गार्ड मिडलइष्ट कम्पनीमा सेक्युरिटी गार्डको लागि जान लागेका दोलखाका सोम्छेकी शेर्पालाई ३ लाख ८० हजार माग गरेका थिए।  सो पश्च्यात उनले बैदेशिक रोजगार मोबाइल एप मार्फत गुनासो गरेका थिए।  म्यानपावर कम्पनीले अबैध रकम लिन लागेको गुनासो प्राप्त भए लगत्तै बैदेशिक रोजगार मोबाइल एप टीमले सो गुनासो बैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको थियो।

 कामदारको गुनासो पाउने बित्तिकै विभागका महानिदेशक चापागाईंले पीडितलाई आर्यालय बोलाएर निवेदन दिन लगाएका थिए। पीडितको निवेदन लिंदै उनले म्यानपावर संचालकलाई आधा घण्टा भित्र विभागको कार्यालय हाजिर हुनुस नभए तपाइको ठुलो क्षति हुँदैछ भन्दै टेलिफोन मार्फत चेतावनी दिएका थिए । आधा घण्टा नपुग्दै म्यानपावर संचालक चित्र बहादुर बिशुंखे विभाग कार्यालय हाजिर भए। संचालक कार्यालय नपुग्दै पीडितको निवेदन लीईसकेका महानिर्देशकले संचालकलाई सोधे- कारोबार त राम्रै गर्नुभएको रहेछ नि ? जवाफमा म्यानपावर संचालकले काम खासै छैन भन्दै जवाफलाई छोटो रुपमा टुंग्याउने प्रयास गरे। उनको छोटो जवाफ पछि महानिर्देशकले फेरी सोधे- दुवई सिक्युरिटि गार्डमा कामदार पठाउँदै हुनुहुन्छ, कामदारबाट कति रकम लिनुभयो ? जवाफमा संचालकले कुनै रकम नलिएको दावी गर्दै थिए तर पीडितले दिएको निवेदनमा म्यानपावरले १ लाख रकम लिइसकेको र बाँकि २ लाख ८० हजार आजै बुझाउन ताकेता गरेको व्योहोरा उल्लेख गरेका थिए। 

म्यानपावर संचालकको जवाफ चित्र नबुझेपछि महानिर्देशकले पीडितले दिएको निवेदन देखाउंदै भने “सोम्छेकी शेर्पाबाट लिएको १ लाख मध्ये ९० हजार फिर्ता गरि उनलाई १० हजारमै दुवई नपठाए तपाईको कम्पनीको सम्पूर्ण कारोबार रोक्का गर्छु, के गर्नुहुन्छ ? महानिर्देशकको कडा चेतावनी पश्च्यात केहि नरम बनेका म्यानपावर संचालक पीडितलाई १० हजारमै सेक्युरिटी गार्डमा फेब्रुवरी महिनाभित्र पठाउने गरि लिखित सहमति गर्न बाध्य भए। संचालकले लिखित सहमिति गरेपछि कामदारको सुरक्षाको ग्यारेन्टी सहित उनलाई पहिले विदेश पठाउने र सो पश्च्यात मात्र अन्य कामदार पठाउन निर्देशन दिए। साथै उनले म्यानपावर कम्पनीको कारोबार माथि थप अनुसन्धान गरि आवश्यक देखिए कानूनी प्रक्रिया शुरु गर्ने साझा सवाललाई बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य