Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दर्ताबिनै सञ्चालन हुन्छन् औषधि पसल

By kit 6 मिनेट पढाइ

माघ १७, बाजुरा | बाजुराका अधिकांश औषधि पसल अवैधरूपमा सञ्चालन भएको पाइएको छ । औषधि व्यवस्था विभागमा दर्ता नै नगरी आफूखुशी औषधि पसल सञ्चालन गरिरहेको पाइएको हो । औषधि व्यवस्था विभाग नेपालगञ्जका अनुसार हाल बाजुरामा २० औषधि पसल मात्रै दर्ता गरिएका छन् ।

औषधि पसल तथा मेडिकलको नामले अधिकांश अवैध र अनुमतिबिनै सञ्चालनमा रहेका नेपाल फार्मेसी सङ्घ बाजुराका सचिव भरत बुढाले बताउनुभयो । बुढाका अनुसार जिल्लामा ३०० बढी औषधि पसल अवैध रहेको दाबी छ ।

जिल्लाका नौ स्थानीय तहका ६९ वडाका प्रत्येक गाउँमा औषधि पसल सञ्चालनमा रहे पनि दर्ताको सङ्ख्या धेरै कम रहेको सचिव बुढाको भनाइ छ । बाँकी सबैले अवैध कारोबार गरिरहेको र राज्यलाई खुलेआम ठगिरहेको आरोप फार्मेसी सङ्घको छ ।

मानव स्वास्थ्यजस्तो संवेदनशील विषयलाई ख्यालै नगरी पैसा कमाउने नाममा औषधि पसल खुलेको जनगुनासो बढ्न थालेको छ । भर्खर सिकेका र आवश्यकभन्दा बढी मात्रा औषधि दिने र तत्कालका लागि निको भएको जस्तो देखाउने औषधि बिक्रेताका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्वास्थ्यकर्मीको भनाइ छ ।

फार्मेसी विषय पढेर विभागबाट अनुमति लिएको व्यक्तिले मात्र औषधि पसल राख्न पाउने व्यवस्था छ । तर जिल्लामा ग्रामीण स्वास्थ्य कार्यकर्तादेखि सिएमए, अनमी पढेकाले समेत औषधि पसल खोलेर अवैध कारोबार गरिरहेका छन् ।

औषधि व्यवस्था ऐन, २०३५ विपरीत निजी मेडिकल तथा फार्मेसी सञ्चालन गरिरहेको भए पनि स्थानीय प्रशासन मौनजस्तै देखिएको छ । मेडिकलको हकमा औषधि व्यवस्था विभागको कार्यालय नेपालगञ्जले नियमन र निगरानी गर्ने प्रावधान छ ।

सबै अधिकार औषधि व्यवस्था विभागको भएकाले जिल्ला तहबाटै समाधानको सम्भावना कम हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा रुपचन्द्र विश्वकर्मा बताउनुहुन्छ । दर्ता गरेरै सञ्चालन गरिएका पसलमा पनि स्वयं व्यक्ति नबस्ने र अरुलाई भाडामा प्रमाणपत्र दिएर चलाउने गरेका सङ्घका बाजुरा अध्यक्ष मोहनराज न्यौपानेको भनाइ छ ।

छाउप्रथा बुझ्न सांसद टोली बाजुरामा

सामाजिक समस्याका रूपमा रहेको छाउप्रथा विषयमा अध्ययन गर्न सङ्घीय संसद्को टोली बाजुरामा आएको छ । सांसद गणेश ठगुन्नाको संयोजकत्वमा छ सांसदको टोली आज बाजुरा आएको हो ।

गत पुस २५ गते राति जिल्लाको बूढीनन्दा नगरपालिका–९ अगाउपानीमा छाउगोठमा तीन आमा छोराको मृत्यु भएसँगै चौतर्फी आलोचनाको विषय बनेपछि संसदीय टोली बाजुरा पुगेको हो । टोलीमा बाजुरा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापा पनि हुनुहुन्छ ।

टोलीले आज सदरमुकाम मार्तडीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा अन्तरक्रिया गर्ने भएको छ । खुला बहसका रूपमा गरिने अन्तरक्रियामा छाउप्रथाको अन्त्यका लागि गर्नुपर्ने प्रयासका बारेमा सबै पक्षबीच छलफल हुने प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभएको छ ।

छाउगोठ भत्काउने अभियानसँगै मनको पुरातन सोच हटाउनेतर्फ सरकार गम्भीर हुनुपर्ने र राज्यले सचेतनाका लागि लगानी बढाउनुपर्ने विषयमा छलफल केन्द्रित सांसद थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिनुभयो ।