२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

माघ महीनामै लालीगुराँस फुल्यो

१७ माघ २०७५, बिहीबार ०७:१०

माघ १७, अमरगढी | सधँैजसो फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ । लालीगुराँस फुलेपछि फागुन,चैत महीनामा जस्तै वन जङ्गल रङ्गीवीरङ्गी भइ मन लोभ्याउने देखिन्छ । 

जलवायु परिर्वतनका कारणले सधैँ पुस अन्तिम साता वा माघ महीनाको पहिलो सातामै फुल्ने लालीगुराँस फुलेर जङ्गलमा मनमोहक दृष्य देखिन थालेको छ । लालीगुराँस माघ महीनामै फुल्न थालेपछि स्थानीयवासी हेर्नका लागि लालीगुराँस फुलेको स्थानमै जम्मा हुन थालेका छन् । 

लालीगुराँस फूल फुल्नका लागि चाहिने तापक्रम फागुन र चैत महीनामा पाइने भए पनि जलवायु परिवर्तनका कारण माघ महीनामै लालीगुराँस फूल फुल्न थालेको जानकार बताउँछन् । डडेल्धुरा जिल्लाका अधिकांश वन जङ्गलमा लालीगुराँस फूल ढकमक्क गरी फुलेका छन् । लालीगुराँस फूलसँग रमाउनका लागि मानिस जङ्गलमा जान थालेका छन् । 

लालीगुराँस फूल फागुन चैत महीनामा फुल्ने गर्दथ्यो तर केही वर्षयतादेखि बढ्दै गएको गर्मीसँगै लालीगुराँस फुल्न थालेको गन्यापधुरा गाउँपालिका–१ का स्थानीय लक्ष्मण सार्कीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की