२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेनेजुएलासँग एक्येवद्धताः अमेरिकी हस्तक्षेपको प्रतिवाद गर्नुपर्छः प्रवक्ता श्रेष्ठ

२०७५, १७ माघ बिहीबार १६:३५

माघ १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुएलाको आन्तरिक मामलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । उनले आन्तरिक मामलामा कसैले पनि हस्तक्षेप गर्न नहुने बताउँदै भेनेजुएलाका सरकार छान्ने अधिकार भेनेजुएयाली जनतालाई मात्रै भएको समेत श्रेष्ठले बताए । 

प्रवक्ता श्रेष्ठले भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेप सर्वहारा र उत्पीडित वर्ग माथिको हस्तक्षेप भएको बताए । “अमेरिकाले भेनेजुएलामाथिको हस्ताक्षेप सर्वहारा वर्गमाथिको आक्रमण हो । साम्राज्यवादको नाइके अमेरिकाले भेनेजुएलामाथिको निन्दनीय छ, त्यसको विरुद्ध संघर्ष गर्नुपर्छ” श्रेष्ठले भने । 

‘साम्राज्यवाद विरोधी मोर्चा’ ले विहीबार काठमाडौँको संवाद डबलीमा ‘भेनेजुएलासँग एक्येबद्धता’ जनाउन आयोजित कार्यक्रममा बोल्दै नेकपाका उपाध्यक्ष लोकनारायण सुवेदीले साम्राज्यवादको चरित्रअनुसारै भेनेजुएलामा आक्रमण भइरहेको छ । उनले नेपालीहरु साम्राज्यवादविरुद्ध लड्दै र बोल्दै आएको भन्दै भेनेजुएलामाथिको आक्रमणको पनि विरोध गर्नुपर्ने बताए । 

मोर्चाका संयोजक नरेन्द्रजंग पीटरले भेनेजुएलाको तेल कब्जा गर्न अमेरिकाले सरकारमाथि हस्तक्षेप गरेको बताए । उनले त्यहाँको तेल आफू अनुकुल कठपुतली सरकार तयार गर्न अमेरिकाले जेनेजुएलाको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै भेनेजुएला सरकारले गरेको प्रतिरोधप्रति एक्येवद्धता जनाए । 

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सपथ समारोहमा सहभागी भएका (नेकपा)का नेता बलराम बास्कोटाले जेनेजुएलामाथि गरेको हस्तक्षेप लोकतन्त्रकै विरुद्धमा भएको बताए । उनले अमेरिकाले भेनेजुएलाको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । 

मोर्चाका सदस्य तथा कार्यक्रमका सभापति नारेश ज्ञावलीले अमेरिकाले युद्ध र हतियारको व्यापार चाहेकोले भेनेजुएलामाथि हस्तक्षेप गरेको बताए । उनले साम्राज्यवादविरुद्ध सबैले आवज उठाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह