Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 1, 2019 अछाम - ACM, समाज

पर्यटकिय क्षेत्र रामारोशनमा यो वर्ष विश्व सिमसार दिवस मनाईने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कमल रावल । माघ १८, अछाम । सुन्दर पर्यटकीय क्षेत्र रामारोशनमा यसपालि सिमसार दिवस मनाईने भएको छ । रामारोशन गाउँपालिकाले रामारोशन को रामेमा औपचारिक कार्यक्रमको आयोजना गरेर विश्व सिमसार दिवस मनाउन लागेको हो । </p><p>रामारोशन क्षेत्रको विकास, प्रबर्द्धन, प्रचारप्रसार र सङ्रक्षणका लागि टेवा पुगाेस भन्ने हेतुले यहि माघ १९ गते सिमसार दिवसका दिन तालमै पुगेर कार्यक्रम गर्न लागिएको रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदले बताउनुभयो । जिल्ला स्थित पत्रकारहरु, गाउपालिकाका जनप्रतिनिधि, राजनितीज्ञ, समाजसेवी, बुद्धिजिबि,पर्यटन ब्यावसायी लगायतको उपस्थितिमा कार्यक्रम गर्न लागियको उहाले बताउनुभयो । यसबाट रामारोशन क्षेत्रलाई सिमसार क्षेत्रमा सुचिकृत गराउन पुग्नुका साथै रामारोशन पर्यटन क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने गाउपालिका अध्यक्ष साउदले बताउनुभयो । कार्यक्रमका लागि जिल्ला स्थित सबै राष्ट्रिय तथा स्थानीय सञ्चार माध्ययममा आबद्द पत्रकारहरु लाई निमन्त्रणा गरिसकेको गाउँपालिकाका सूचना प्रबिधी अधिकृत बुद्धि बहादुर साउदले जानकारी दिनुभयो । १९ गते शनिबार बिहान ११ बजे रामारोशनको रामेमा औपचारिक कार्यक्रम गरिनुका साथै त्याहाका तालतलैया र घासे मैदान अवलोकन समेत गराउने कार्यक्रम अहेको बताईयको छ ।<br></p>