२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु निर्वाचनको मिति चाँडै तोक्ने

२०७५, १९ माघ शनिबार ०९:३५

माघ १९, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ । 

त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराउनुभयो । केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन मिति फागुन १४ गते भनेर प्रकाशित गरेको प्रति आपत्ति जनाउँदै निर्वाचनको मिति अझै नतोकिएको उहाँले बताउनुभयो । 

‘‘हामीले साधारणतया फागुन १४ गते निर्वाचन गर्ने तयारी गरेका हौ’’ उहाँले भन्नुभयो, ‘‘तर अहिलेसम्म स्ववियु निर्वाचनको मिति तोकिएको छैन, चाँडै नै त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनको मिति तोक्ने छ ।’’ 

प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता सबै क्याम्पसमा हुनसकेको छैन । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीको विषयमा सहमति हुन नसक्दा निर्वाचन हुन नसकेको हो । विसं २०७३ मा २८ वर्षे उमेर हदबन्दी र समानुपातिक निर्वाचन प्रणाली अपनाइएको स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा विद्यार्थी सङ्गठनका कारणले हुन सकेको छैन । 

त्रिविका विद्यार्थी कल्याण तथा खेलकूद निर्देशालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले फागुन महीनाभित्र स्ववियु निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिने बताउनुभयो । यसअघि उहाँले नै पुस २२ गते सबै देशभरिका त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका क्याम्पस प्रमुखलाई स्ववियु निर्वाचनको तयारी थाल्न निर्देशन दिनुभएको थियो । 

विसं २०७३ फागुन १८ गते भएको स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्ष सकिन थालेकाले निर्वाचनको तयारी थाल्न निर्देशन दिइएको कार्यकारी निर्देशक थापाले बताउनुभयो । उहाँले अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसमा समेत यसवर्ष विद्यार्थी सङ्घ सङ्गठनको सहमतिमा निर्वाचन गरिने बताउनुभयो । 

उहाँका अनुसार गत निर्वाचनमा ६० मध्ये २६ आङ्गिक क्याम्पस र ८० वटा सामुदायिक क्याम्पसमा निर्वाचन भएको थियो । त्रिविका ६० आङ्गिकसहित एक हजार ८३ क्याम्पस रहेका छन् । त्रिविले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ । 

अनेरास्ववियुका महासचिव ऐन महरले स्ववियु निर्वाचनको मिति तोक्नेबारेमा त्रिविसँग विद्यार्थी सङ्गठनको छलफल भइरहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने