भाष्कर के.सी | माघ २०, कञ्चनपुर | सुदूरपश्मिाञ्चल विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय सभापतिमा वीर बहादुर सिह ठकुरी चयन हुनुभएको छ ।

आइतबार सुप विश्वविद्यालय प्राध्यापकको एक भेलाले सिहको सभापतित्वमा सुप विश्वविद्यालय प्राध्यापक संघको केन्दीय समिति चयन भएको हो । उप सभापतिमा डा.दिपक राज जोशी, महासचिव भक्तराज भट्ट, सचिव मान बहादुर भाट, कोषाध्यक्ष विनोद भण्डारी चयन भएका छन् । भने सदस्यहरु तर्फ परमल सिह महर, हर्क साउन, तेज बहादुर साउँद, भानुझ जोशी, हरी प्रशाद लेखक र किशोर बोहरा रहेका छन् । यस्तै गरि नेपाल प्राध्यापक संघको प्रतिनिधीमा पनि सभापति सिह सहित कर्णदेव भट्ट र राजेन्द्र सिह कुँवर चयन भएका छन् ।

सुप विश्वविद्यालयका पिन्सिपल डा. भुपेन्द्र सिह विष्टको प्रमुख आथित्यमा उक्त निर्वाचन सहमतिय आधारबाट भएको थियो । यता यज्ञराज पाठक नेतृत्वको समितिको बन्दसत्र चलेको त्यहाँ रहेका प्राध्यापक बताएका छन । सुप विश्वविद्यालय भित्र दुई दुई प्राध्यापक संघ गठन हुँदा प्राध्यापक विच फुटको किचलो भएको छलाछुल्ल भएको छ ।

February 3, 2019
कन्चनपुर - KNC, समाज
सुप विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिको सभापतिमा सिंह
By साझासवाल
3 मिनेट पढाइ