2026-06-19 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री विष्टको घोषणा पुरा हुँदै, पर्सिदेखि बिराटनगरबाट पनि श्रम स्वीकृति

माघ २१, काठमाडौँ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने क्रममा ६ प्रदेशमा श्रम कार्यालय स्थपना गरि काम गरिरहेको सरकारले अब बुधबारदेखि प्रदेश नम्बर १ को राजधानी बिराटनगरबाट पनि श्रम स्वीकृति सहितको सेवा सूचारू गर्ने भएको छ । 


बैदेशिक रोजगार बिभागका इन्जिनियर राजु श्रेष्ठले साझा सबाललाई दिएको जानकारी अनुसार प्रदेश नम्बर १ को श्रम तथा रोजगार कार्यालय बिराटनगर १ स्थित भट्टचोकबाट दक्षिण पर्दछ । श्रेष्ठको अनुसार बिराटनगर स्थित कार्यालय संचालन र बुधबारदेखि नै श्रम स्वीकृति दिन सबै सेटअपको काम सम्पन्न भइसकेको छ । सेवा आरम्भका लागि कर्मचारीहरुलाई आवश्यक तालिम दिईसकेको उनले जानकारी दिए।  उनका अनुसार श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । 


श्रममन्त्री विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए । सोहीअनुरुप सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो । बिराटनगर स्थित यो कार्यालय खुलेपछि श्रममन्त्री विष्टले जिम्मेवारी सम्हाले लगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने भनि गरेको घोषणा पुरा हुनेछ । पहिलेदेखिने प्रदेश नम्बर ३ को कार्यालय काठमाडौँ स्थिति ताहाचलमा रहेको सन्दर्भमा यसअघि नै प्रदेश २ को जनकपुर, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगडीमा श्रम कार्यालय खुलिसकेका छन् । 

प्रदेश श्रम कार्यालयले राहत 

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । हाललाई व्यक्तिगत श्रम स्वीकृतिको काम हुने भए पनि धेरैले त्यस सेवाले सहज बनाएको बताएका छन् । प्रदेशमा हुन नसकेका काम छ भने मात्र राजधानी आउनुपर्ने छ । बैदेशिक रोजगारको श्रम तथा बिभिन्न समस्या लिएर बैदेशिक रोजगार बिभागको कार्यालय काठमाडौँ नै आउनुपर्ने पुरानो बाध्यता हटेसंगै श्रम कार्यालय ताहाचलमा दैनिक लाग्ने लामो लाइन तथा अत्याधिक भीडको समस्या हटेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो