Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बझाङमा सरकारविरुद्ध काँग्रेसको प्रदर्शन, सरकार अधिनायकवादतर्फ हिडेको आरोप

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द्र बोहरा | माघ २२, बझाङ | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार बझाङको सदरमुकाम चैनपुरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार अराजक बन्दै गएका कारण काँग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्नु परेको नेबिसंघका नेता तथा जयपृथ्वी बहुमुखी क्याम्पस स्ववियु  उप सभापती उमेश जेठाराले बताए ।

उहाँले हालको कम्युनिष्ट सरकारले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको डा. गोविन्द केसीसंग भएका सम्झौता कार्यान्वयनमा सरकार उदासीन भएको, जताततै महंगी र भ्रष्टाचार बढेको भन्दै संसदीय सर्वोच्चता कायम गर्न, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, राज्य आतंक बन्द गर्न माग, संसदीय मर्यादा पालना गर्न, हत्या हिंसा बन्द गर्न, वाइडबडी भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगाएतको माघ राख्दै विरोध प्रदेशन गरिएको हो ।

सम्वोधनका क्रममा नेपाली का नेता गोन्द्रि नेपालीले नेपाली काँग्रेसका पूर्व सभापतिहरु गिरिजा प्रसाद कोईराला र शुशिल कोईरालाको नाममा रहेका अस्पताल हटाउनका लागि गलत क्रियाकलाप गर्ने सरकार गलत खेल गरेको प्रति आपत्ति जनाएको बताए।