२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वरका आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित

२२ माघ २०७५, मंगलवार १०:३४

माघ २२, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका करीब आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित भएको छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका नगरपालिकाका एक हजार १८१ उपभोक्तामध्ये ६०० बढी उपभोक्ता विगत तीन महीनादेखि खानेपानीबाट वञ्चित रहेको गुनासो गरेका छन् । 

नगरपालिकाको साविक वडा १, २, ३, ४, ५, ६, ७ र १० मा ग्राहक बनेका प्रत्येक घरधुरीमा विगत तीन महीनादेखि खानेपानीको आपूर्ति नभएकाले उपभोक्ता पानीको अभावमा काकाकुल भएका छन् । ग्राहक खानेपानीको अभावमा टाढा टाढाबाट चापाकल, मोटर र बोरिङ जस्ता स्रोतबाट पानी खान बाध्य रहेको जलेश्वर–२ का गोरेबाबा साहले बताउनुभयो । विगत तीन महीनादेखि खानेपानीबाट पानी नपाउँदा पिउन, खाना पकाउन, नुहाउन, लत्ताकपडा धुन र वस्तुभाउलाई खुवाउनसमेत निक्कै समस्या भएको जलेश्वर– ५ का विवेक साहले बताउनुभयो । 

संस्थानका प्रशासन प्रमुख अजयकुमार प्रसादले नगरपालिकाको मुख्य बाटो भएर शहरी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत एपेक्स जेभी रोशन कन्स्ट्रक्सनले ह्युम पाइप राखेर नाला निर्माण गर्न लाग्दा खानेपानीको पाइप ठाउँ ठाउँमा बिग्रेकाले कार्यालयले ठाउँ ठाउँमा पानीको आपूर्ति रोक्नुपरेको बताउनुभयो । नाला निर्माणका लागि ह्युम पाइप राख्न स्काइभेटरले बाटो खन्दा ठाउँ ठाउँमा खानेपानीको ६ इन्च र ८ इन्चका पाइपका साथै मुख्य पाइपसमेत तोडेको र अहिलेसम्म पनि तोड्ने क्रम जारी रहेको उहाँको भनाइ छ । खानेपानी कार्यालयले नगरपालिका प्रमुख रामशङ्कर मिश्र र प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई खानेपानी उपभोक्ताको समस्या बारेमा जानकारी गराउँदा उहाँहरूले ठेकेदार कम्पनीले खानेपानीको पाइप फुटाएकै बखत मर्मतसम्भार गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो