Skip to content
Friday, July 17, 2026 Nepali Online Media
February 6, 2019 अछाम - ACM, समाज

अछाममा चौरपाटि गाउँपालिकाका अध्यक्ष साउद ब्यावसायिक किबि खेति गर्दै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल । माघ २३ अछाम । ७ वर्ष देखि ब्यावसायिक केरा खेति गरिरहनु भएका चौरपाटि गाउपालिका अध्यक्ष हर्क बहादुर साउदले किबि खेति सुरु गर्नु भएको छ ।

आफ्नै लगानीमा चौरपाटि १ र ५ को दश पल्लेमा १०० वटा किबिका बिरुवा रोपेर यसको ब्यावसायिक खेति सुरुवात गर्नु भएको हो । दोलखाबाट प्रतिबोट रु. ४०० का दरले ४० हजारको लागतमा १०० बिरुवा भित्र्याएर बाझो जमिनमा रोपेको अध्यक्ष साउदले बताउनु भयो ।

ब्यावसायिक रुपमा किबिको खेती गरेर प्रबर्द्धन गर्ने उधेश्यले आफुले किबि खेती सुरु गरेको उहाँको भनाइ छ । युवाहरूलाई कृषि तर्फ आकर्शित गर्न र कृषिलाई ब्यावसायिकरण गर्नका लागि आफुले लामो समयदेखि कृषि गरिरहेको बताउदै गाउपालिका अध्यक्ष साउदले पहिला जनप्रतिनिधिले ब्यावसायिक कृषि गर्नुपर्ने र युवाहरुलाई आकर्षण गर्न सकिनेमा जोड दिनुभयो । १ मतले गाउपालिका अध्यक्षमा बिजयि हुनु भएका अध्यक्ष साउदले यसअघि लामो समयदेखि ब्यावसायिक केरा खेति, तरकारि तथा फलफुल खेति र बाख्रापालन समेत गरिरहनु भएको छ ।