२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा पुनः भारी हिमपात, जनजीवन कष्टकर

२४ माघ २०७५, बिहीबार ०४:१५

माघ २४, बाजुरा । एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ । हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेको छ । 

बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा शुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ । हिमपातकै कारण पोरखे लेक पुग्ने बाटो पुन अवरुद्ध हुँदा जिल्लाको उत्तरी क्षेत्रबाट मार्तडी पुग्ने यातायात रोकिएको यातायात व्यवसायी बाबा गुरुङले बताउनुभयो । बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले सडक ढाकिएको छ । 

६९ वडामा ३९ स्वास्थ्य संस्था 

बाजुराका नौ स्थानीय तहमा दुई वर्षभित्र ३९ नयाँ आधारभूत स्वास्थ्य संस्था निर्माण हुने भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्लाका ६९ वडा पहिचान गरेकामा नौ स्थानीय तहका ती वडामा स्वास्थ्य संस्था निर्माण हुने भएको हो । बूढीगङ्गा र बूढीनन्दा नगरपालिकामा सबैभन्दा बढी सात÷सात आधारभूत स्वास्थ्य संस्था निर्माण हुने र खप्तड छेडेदह गाउँपालिका तथा स्वामिकात्र्तिक खापर गाउँपालिकामा दुई÷दुई मात्र स्वास्थ्य संस्था निर्माण हुने बताइएको छ । 

सङ्घीय सरकारको लगानीमा बडिमालिका नगरपालिकाको वडा नं १, ३, ४, ५ र ९मा तथा बूढीगङ्गा नगरपालिकाको १, २, ५, ६, ७, ९ र १० वडामा र खप्तड छेडेदह गाउँपालिकाको वडा नं ३ र ६ मा पनि स्वास्थ्य संस्था बन्ने भएका छन् । 

यस्तै उत्तरपूर्वी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिकाको २, ३, ४, ६, ७, ८ र ९ वडामा, गौमुल गाउँपालिकाको १, ३, ४ र ६ चार वडामा तथा हिमाली गाउँपालिकाको १, ४, ६ र ७ वडामा स्वास्थ्य संस्था निर्माण हुने भएका हुन् । 

जगन्नाथ गाउँपालिकाको १, ३, ५ र ६ मा, स्वामिकात्र्तिक खापर गाउँपालिकाको २ र ५ मा र त्रिवेणी नगरपालिकाको २, ३, ५ र ६ मा पनि स्वास्थ्य संस्था निर्माण हुने भएका छन् । जिल्लामा एकै पटक यति ठूलो सङ्ख्यामा स्वास्थ्यका भवन निर्माणमा लगानी आएको यो पहिलो पटक हो । सहज र सुलभ स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत देशभरका ७७ वटै जिल्लाका दुई हजार ४७३ वडामा नयाँस्वास्थ्य संस्था निर्माण हुने भएकामा यो वर्ष पहिलो चरणमा एक हजार २०० वडामा र दोस्रो चरणअन्तर्गत आगामी आर्थिक वर्षमा एक हजार ३१० वटा वडामा स्वास्थ्य संस्था निर्माण हुने भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य