२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विश्वकै ठूलो त्रिशूल भएको स्थानमा महायज्ञ

२४ माघ २०७५, बिहीबार ०८:३५

माघ २४, घोराही | दाङस्थित विश्वकै ठूलो भनिएको त्रिशूल भएको स्थानमा महायज्ञ लाग्ने भएको छ । धार्मिक पर्यटनको हिसाबले निकै चर्चित बनेको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानी धाममा महायज्ञ लाग्ने भएको हो । 

यहाँ भक्तजनको घुइँचो बढ्न थालेपछि पाण्डवेश्वर मन्दिर धारपानीको पूर्वाधार विकास र बृहत् आध्यात्मिक पर्यापर्यटकीय केन्द्र स्थापनार्थ महायज्ञको आयोजना गर्न थालिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो । 

स्वधर्म र स्व संस्कृतिको संरक्षण र विकासका लागि आधुनिक गौशाला निर्माण गर्ने, गुरुकूलको माध्यमबाट आफ्नो प्राचीन संस्कृतिको जगेर्ना तथा वेद वेदाङ्गको पठनपाठन गराउने, पाण्डवेश्वर धार्मिक वनभित्र तपोयोगको विशिष्टता प्रवद्र्धन गर्न ध्यान केन्द्रको स्थापना गराउने, सिङ्गो दाङ उपत्यकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउनका लागि महायज्ञ आयोजना गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । 

यस्तै मन्दिरसम्म पुग्नका लागि बबई नदीमा ड्याम निर्माण गरेर ढुङ्गा तरेर मन्दिर पुग्ने, मन्दिरदेखि माथि अग्लो पहाडमा रहेको भगवतीको मन्दिरसम्म पुग्नका लागि पाँच हजार सिडीसहितको बाटो बनाउनेलगायतका योजना पनि मन्दिर व्यवस्थापन समितिले अगाडि बढाएको छ । 

पछिल्लो समय भक्तजनले सानातिना धेरै पूर्वाधार निर्माण गरेपछि त्यसको एकीकृत व्यवस्थापनका लागि भए पनि मन्दिरलाई रकम आवश्यक परेको उहाँले जानकारी दिनुभयो । 

“हामीले केही समय अघि करीब रु ९० करोडको गुरुयोजना तयार गरेका छौँ ।” उहाँले भन्नुभयो, “गुरुयोजना पूरा गर्नका लागि प्रदेश सरकारबाट रु दुई करोड विनियोजन भएको छ । अन्य रकम हामी आफैँले जुटाउनुपर्ने छ ।” मन्दिरले थालेको दश वर्षीय गुरुयोजनालाई पूरा गर्नको लागि महायज्ञबाट थोरै भए पनि सहयोग मिल्ने उहाँले आशा व्यक्त गर्नुभयो । 

उहाँले महायज्ञको मुख्य उद्देश्य भने पाण्डवेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्न र यहाँ पाँचलाख पर्यटक तथा भक्तजन सहभागी गराउने रहेको जानकारी दिनुभयो । उहाँले धारपानीलाई जिल्लाका अन्य धार्मिक पीठसँग जोड्ने सर्किटको रुपमा विकास गर्नका लागि पनि महायज्ञ गर्न लागिएको महायज्ञ निर्देशक अमरबहादुर डाँगीले बताउनुभयो । उहाँले धारापानीलाई देउखुरीको बागरबाबा, धारपानी, गोरक्ष रत्ननाथ मन्दिर हुँदै प्युठानको स्वर्गद्वारी जोड्ने सर्किट बनाउने आफूहरुको योजना रहेको पनि उहाँले बताउनुभयो । 

विश्वकै अग्लो त्रिशूल राखिएको पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा आयोजना हुन लागेको महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत सप्ताहको कथा वाचन गर्नुहुनेछ । महायज्ञ आउँदो फागुन ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो