2026-09-04 09:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागमा उजुरी पश्च्यात शुन्य लागतमै सेक्युरिटी गार्डको लागि दुवई सरर ….

मनोज पराजुली, माघ २४, काठमाडौं । बैदेशिक रोजगारीको लागि शुन्य लागतमा जान पाइन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ तर नियमनकारी निकायको सहयोग लिने भए नियम र कानूनको पालना मार्फत न्याय पाउन सम्भव छ भन्ने गतिलो प्रमाण बनेकी छिन् सोम्छेकी शेर्पा ।

सरकारले खाडीका मुलुक जान बढीमा १० हजार सेवा शुल्क तोकेको छ तर त्यसको कार्यान्वयन हुन सकेको छैन। तर त्यहि कानूनको फलो गर्दै दोलखाका सोम्छेकी शेर्पाले न्यायको आस गरेकी थिइन् । सनलाइट ह्युमन रिसोर्सले युएइको सेकुरी गार्ड मिडलइष्ट कम्पनीमा सेक्युरिटी गार्डको लागि जान लागेकी दोलखाका सोम्छेकी शेर्पालाई ३ लाख ८० हजार माग गरेको जानकारी बैदेशिक रोजगार विभागलाई गराएकी थिइन् । साथै एक लाख रकम दिंदा बाँकी रकम पनि बुझाउन ताकेता गरेपछि कानूनी बाटो रोजेकी शेर्पाले अन्तत न्याय पाएकी छिन् । 

उनले बैदेशिक रोजगार विभागमा उजुरी दिएपछि शुन्य लागतमै पीएसबिडी सेक्युरिटी गार्डको लागि दुवई गएकी छिन् । उनले तिरेको १ लाख रकम समेत फिर्ता पाएकी छिन । पछिल्लो समय दुवई सेक्युरिटी गार्डको लागि म्यानपावर तथा एजेन्टले ५ लाख सम्म रकम लिने गरेको गुनासो आउने गरेको छ भने कामदारलाई पनि गुनासो गरेर सरकारले तोकेको लागतमा जान पाइन्छ र ? भन्ने भ्रम पर्ने गरेको छ।

तर विभागका महानिर्देशक दिलिप कुमार चापागाईं कुनै कामदारसंग म्यानपावरले  बढी रकम लिएको बारे पुर्व लिखित निवेदन विभागमा दिएमा कानूनसम्मत तरिकाले कामदारलाई न्याय दिलाएरै छोड्ने बताउँछन् ।      

महानिर्देशक चापागाईंले माघ १६ गते सनलाइट ह्युमन रिसोर्सका संचालकलाई १० हजारमा कामदार पठाउन निर्देशन दिएका थिए। तोकिएको लागतमा कामदारलाई विदेश नपठाए म्यानपावर कम्पनीको सम्पूर्ण कारोबार रोक्का गरि कानूनी बाटो रोज्ने चेतावनी दिएका थिए। महानिर्देशकको चेतावनी पश्च्यात म्यानपावर कम्पनीले पुर्व सहमति पूर्ण कार्यान्वयन गरेको छ । महानिर्देशकले १० हजार लिएर पठाउन भने पनि म्यानपावर संचालकले विज्ञापन अनुरुप नै शुन्य लागतमा कामदार विदेश पठाएको साझा सवाललाई बताए ।  

यो पनि पढ्नुहोस्

म्यानपावर संचालकलाई महानिर्देशकको चेतावनी, १० हजारमा कामदार नपठाए सम्पूर्ण कारोबार रोक्छु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ