२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

“संसारभर छरिएका पर्बतेलिहरु दुबईमा भेला हुने”

२५ माघ २०७५, शुक्रबार ०३:३९

सचिन्द्र श्रेष्ठ | माघ २५, दुवई | 'आजको आवश्यकता प्रवासी पर्बतेलिहरुको एकता, समुन्नत समाज,समृद्ध पर्बत निर्माण हाम्रो अभियान'भन्ने मूल नाराका साथ आगामी फेब्रुअरी २८ र मार्च १ मा यूएई को दुबई मा भब्य कार्यक्रम को आयोजना हुँदै छ।

अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत सेवा समाज युएईको संयोजनमा उक्त कार्यक्रम तयारी धमाधम दुबईमा भईरहेको छ । पर्वत सेवा समाज युएईका अध्यक्ष परशुराम पौडेलका अनुसार आगामी फेब्रुअरी २८ र मार्च १मा हुन गईरहेको कार्यक्रममा पहिलो दिन फेब्रुअरी २८ मा अन्तरराष्ट्रिय पर्वत समाजको नियमित बैठक र पर्वतेलीहरुको बिशेष भेला गरिने छ भने मार्च १ मा नेपाल बाट आएका कलाकार र स्थानिय कलाकारहरु सहितको बृहत सास्कृतिक कार्यक्रम गरिने बताउनु भयो ।

कार्यक्रमलाइ भव्य रुपमा सम्पन्न गर्न तथा बिभिन्न देशहरुबाट आउनुहुने पर्वतेलीहरुलाई न्यानो अातिथ्य दिन हर सम्भव प्रयासरत रहेको कुरा कार्यक्रम संयोजक तथा अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष परशुराम पौडेलले जानकारी गराउनु भयो ।


कार्यक्रममा भाग लिनका लागी बिश्वभर छरिएर रहेका पर्वतेलीहरु उस्साहित रहेको यूरोप, अमेरिका तथा ऑस्ट्रेलिया बाट उल्लेख्य सहभागी गराउने र कार्यक्रमको जानकारी लिन फोन, इमेलहरु मार्फत जानकारी गरिएको अन्तराष्ट्रिय पर्वत समाजका कोषाध्यक्ष बिनोद गिरीले जानकारी गराउनु भयो ।

उक्त सांगीतिक कार्यक्रमका लागी नेपाल बाट कुलेन्द्र बिश्वकर्मा, कृष्ण समीप,सुष्मा लोहनी,बिमल राज छेत्री लगायत स्थानीय कलाकारको सहभागी रहने समाजका अध्यक्ष पौडेलले बताउनु भयो। दुबईमा हुने कुम्भमेलाले केहि सकारात्मक कदम चाल्ने,एक आपसमा बन्धुत्व,भाईचारा र सहयोगका लागी समाज निरन्तर अगाडि बढ़ने अंतरराष्ट्रीय पर्बत समाजका अध्यक्ष पूरण गिरीले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा