Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा सञ्चार सेवा अवरुद्ध

२०७५, २५ माघ शुक्रबार ०७:४७

माघ २५, दार्चुला । दार्चुलामा मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भूभागमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा भएपछि जिल्लाको फोन सञ्चार अवरुद्ध भएको हो । 

जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । स्काई र नमस्तेका सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटरटावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार अवरुद्ध रहेको हो । डडेल्धुराबाट दार्चुलाको बालशिखर रिपीटरटावर भएर जिल्लाभरिको सञ्चार हुने गर्छ । तर मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि जिल्लाभरि सञ्चार अवरुद्ध रहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो । 

मालिकार्जुन–२ स्थित बालशिखर टावरमा जिल्लाको मुख्य रिपीटरटावर हो । टावर सोलार सिस्टममार्फत चल्दै आएको छ । तर बुधबारदेखि घाम लाग्न छाडेपछि सोलारले काम गरेको छैन्, गुरुङले भन्नुभयो । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन विस्तारमा लापरवाही गरेपछि जिल्ला सञ्चारविहीन भएको हो । 

हालसम्म जिल्लामा आधा दर्जन टेलिकम टावरमा मात्रै विद्युतीकरण पुगेको छ । त्योबाहेकका सबै टावर घामको भरमा सञ्चालनमा छन् । 

अझै केही दिन घाम नलाग्ने हो भने टेलिफोन सेवा अवरुद्ध हुनसक्छ उहाँले भन्नुभयो । घामको विकल्प केही नभएपछि सञ्चार अवरुद्ध रहेको हो । नौगाड, व्यास, अपीलगायतमा रहेका स्काई टावरले दुई सातादेखि काम गर्न छाडेको स्थानीय रघुवीरसिंह ठगुन्नाले बताउनुभयो । 

बिहानदेखि टेलिफोन लाइन अवरुद्ध भएपछि सरकारी कामकाजसमेत प्रभावित भएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । “इमेल, इन्टरनेट र फोन गर्न पाइएको छैन । जिल्लाको अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कसरी कामकाज हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ