२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा असिना पानीले हिउँदे बालीमा ठुलो क्षति

२०७५, २५ माघ शुक्रबार १२:१५

कमल रावल । माघ २५, अछाम । अछाम जिल्लामा भिषण असिनापानीका कारण बालीनालीमा क्षति पुगेको छ । बिहिवार राती र शुक्रबार बिहान सम्म करिब ४ घण्टा परेको असिना पानीले हिउँदे बालीमा ठुलो क्षति गरेको छ । असिनापानीका कारण हिउँदे बाली गहुँ, जौ, मसुरो, तोरी, तरकारी बाली र फलफूलका विरुवामा नराम्ररी क्षति पुगेको किसानले बताएका छन् । पानी पर्दा बालीनाली सप्रिने भन्दै खुसी लागेको थियो तर अचानकको असिनाले हिउँदे बाली तरकारी खेती सबैमा क्षति गरेको छ, मंगलसैन ६ का अगुवा किसान नन्दाराम भण्डारीले बताउनु भयो । आफ्नो तरकारी बारीका प्याज, काउली, लसुन, धनियाँ, पालुंगो, आलु बालीमा ठुलो क्षति पुगेको उहाँको भनाई छ । असीनाले फलफुल खेती र तोरी बालीमा पूर्ण रुपमा क्षति गरेको छ ।


मंगलसैन नगरपालिका वडा नम्बर ६ मा असीना पानीले सबै हिउँदे बाली पूर्ण रुपमा नष्ट गरेका किसान बताएका छन् । बर्षे बाली जंगली जनावरले क्षति गर्ने र हिउँदे बाली समेत असीनाले नष्ट गरेपछि किसान भोकमरीको चिन्तामा परेका मंगलसैन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो । किसानलाई राहतका लागि शुक्रबार नै वडाका बैठक गरी नगरपालिका, प्रदेश सरकार र संघीय सरकार तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराउने निर्णय समेत गरेको अध्यक्ष भण्डारीको भनाई छ ।

मेल्लेख गाउपालिका वडा नम्बर ६ शोडषामा पनी हावाहुरिले ७ घरमा क्षति पुरयाएको छ । वडाका नृप विक, लाल विक, ध्वज बहादुर खडका, शोभादेवि कडायत लगाएतका घरमा क्षति पुरयाएको छ भने नवज्योति आधारभुत विद्यालयको समेत पर्खाल भत्काएको स्थानिय तेज बहादुर विकले जानकारी दिनु भयो । असीनाले बालीनालीमा क्षति गरेपछि आफु कसरी विविका चलाउने भन्दै चिन्तामा परेको कमलबजार ७ का किसान खडक खतिवडाले बताउनु भयो । जिल्लाका प्रायः सबै ठाउँमा असिना परेको छ । असिनाका कारण खेतबारी सेताम्मे देखिएको छ । बालीनालीका कलिला मुना नै असिनाले क्षतविक्षद गरेको छ । आफुले लगायको गोलभेँडा खेतीमा असिनाले पुरै क्षति गरेको मंगलसैन ६ का गंगाराम भण्डारीले बताउनुभयो । असिनाका कारण पसाउन ठिक्क भएका गहुँ, जौ, तोरीबालीमा नराम्ररी क्षति गरेको मंगलसैन नगरपालिकाका कृषि प्राविधिक तारा प्रसाद भण्डारीको भनाइ छ । पाक्नै लागेको बाली कहिले जंगली जनावर र कहिले प्राकृतिक बिपत्तिबाट नष्ट हुन थालेपछि किसानहरु कृषि पेशाबाटै विचलित हुन लागेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा