२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सामुदायिक विद्यालयमा बस सेवा

२०७५, २६ माघ शनिबार ०६:३१

माघ २६, पर्वत । पर्वतको नमुना सामुदायिक विद्यालय नवजागृत माध्यामिक विद्यालयले जिल्लामै पहिलोपटक बस सेवा शुरु गरेको छ । स्थानीय मोदी गाउँपालिकाको सहयोगमा विद्यार्थीका लागि बस सेवा शुरु गरेको हो । प्राविधिक शिक्षासमेत शुरु गरेको विद्यालयमा टाढाटाढादेखि विद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा शुरु गरिएको हो । बस सेवा शुरु गर्ने नवजागृत मावि पर्वतको पहिलो सामुदायिक विद्यालय हो । 

बस सेवा सञ्चालनका लागि गाउँपालिकाले रु २२ लाख २५ हजार सहयोग गरेको छ भने नपुग रु एक लाख ६३ हजार पनि उपलब्ध हुने अपेक्षा गरेको विद्यालयका प्रधानाध्यापक त्रिष्णुप्रसाद सुवेदीले बताउनुभयो । 

बस सेवा सञ्चालनपछि पर्वत र कास्की जिल्लाका विद्यार्थीलाई सुविधा पुगेको छ । नवजागृत माविमा पर्वतको मोदीगाउँपालिका, कुश्मा नगरपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकाबाट समेत विद्यार्थी आउने गर्दछन् । बस सेवा पुगेपछि एक घण्टा पदैल हिँड्ने र १५ किलोमिटर बसमा यात्रा गरेर समेत विद्यार्थी अध्ययनका लागि पुग्ने गरेका छन् । यो विद्यालयमा अहिले ७०० भन्दा बढी बिद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यालयले अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पढाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित