2026-09-14 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आर्थिक अभावका कारण विद्यालय भवन अलपत्र

माघ २६, पर्वत | बजेट अभावका कारण यहाँको एक सामुदायिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ । 

फलेवास नगरपालिका–४ मुडिकुवास्थित माटेदेवल व्यावसायिक तथा प्राविधिक माध्यमिक विद्यालयको भवन बजेट अभावका कारण विगत चार वर्षदेखि अलपत्र परेको हो । एक वर्षभित्रै सम्पन्न गर्नेगरी २०७१ मा निर्माण शुरु गरिएको सो विद्यालयको भवन अझैसम्म बन्न सकेको छैन । 

तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा निर्माण शुरु भएको दुई कोठे सो पक्की भवन अलपत्र रहँदा विद्यालयमा कक्षाको समस्या छ । आर्थिक वर्ष ०७१÷७२ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयले एक वर्षभित्रै सक्नेगरी विद्यालयको पक्की भवन निर्माण गर्ने सम्झौता गरेको थियो । 

सम्झौताअनुरूप पहिलो किस्ता रकम पठाएर बाँकी भुक्तानी नदिएपछि निर्माण कार्य रोकिएको सरोकारवालाको भनाइ छ । 

‘हामीले धेरैपटक सम्बन्धित निकायमा हारगुहार ग¥यौं,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनेश्वर रेग्मीले भन्नुभयो, “शुरुमा रु ६ लाख ल्याउन सकियो, त्यसपछि मन्त्रालय नै विघटनभयो, पैसा आउने कुरै भएन ।” 

विद्यालयको अरू स्रोत नभएकाले प्राप्त बजेटबाट हुने कामबाहेक अरू अगाडि बढाउन नसकेको उहाँले बताउनुभयो । भवनको जग, झ्याल–ढोका र गारो लगाएपछि बाँकी काम रोकिएको हो । निर्माणाधीन भवन अलपत्र परेपछि विद्यार्थीलाई चौर, नजिकैका चौतारा र बरण्डामा राखेर पढाउनु परिरहेको प्रधानाध्यापक रामप्रसाद रिजालले बताउनुभयो । 

विद्यालयले विगत ६ वर्षदेखि कक्षा ९ र १० तथा तीन वर्षदेखि कक्षा ११ र १२ मा समेत नियमितका अलावा प्राविधिक कृषि विज्ञानका कक्षा सञ्चालन गरेको छ । अतिरिक्त पढाइका लागि मात्रै विद्यालयलाई थप चार कोठा आवश्यक छ । “प्राविधिक विषयको पढाइले कोठा पुगेकै छैन”, प्रधानाध्यापक रामप्रसाद रिजालले भन्नुभयो, “विज्ञान प्रयोगशाला र अतिरिक्त कक्षा चलाउन बढी समस्या छ ।” 

कृषि विज्ञानतर्फ मात्रै हाल करीब एक सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । सामान्य र प्राविधिक्तर्फका सबै विद्यार्थीका लागि ४२ कक्षाकोठा आवश्यक छ । तर, विद्यालयसँग अहिले ३५ कोठा मात्रै छन । ‘हुरीबतास र वर्षाका बेला बाहिर बसेर पढ्दा समस्या हुन्छ,’ कक्षा ९ मा अध्ययनरत सविता शर्माले भन्नुभयो, “कक्षाकोठा र फर्निचर नभएपछि पढाइमै समस्या छ ।” विद्यालय प्रशासन र व्यवस्थापन समितिले सम्बन्धित निकायमा धेरै आग्रह गर्दा पनि निर्माणाधीन भवनको काम सूचारु गर्न नसकिएको अभिभावकले बताएका छन् । 

‘हामीले धेरैपटक सम्बन्धित निकायमा आग्रह ग¥यौं,’ व्यवस्थापन समितिका अध्यक्ष रेग्मीले भन्नुभयो, “शान्ति मन्त्रालयले शुरु गरेको हुनाले अब शिक्षाले हेर्न नमिल्ने रहेछ । अरु स्रोत जुटाउन समस्या छ ।” यो दुई कोठे भवन निर्माणमा हालसम्म करीब रु १२ लाख खर्च भइसकेको उहाँले जानकारी दिनुभयो । 

कृषितर्फको ‘बाली विज्ञान’ विषय माध्यमिक (कक्षा १२) सम्म अध्यापन हुने जिल्लाको एक मात्र यो विद्यालय हो । बाली विज्ञान अध्ययनका लागि निकै टाढा–टाढाबाट विद्यार्थी आउने भएकाले विद्यालयले नै छात्रावासको व्यवस्था गर्नुपर्छ । विद्यार्थीका अनुसार कोठा अभावमा क्षमताभन्दा धेरै विद्यार्थी एउटै कोठामा कोचिएर बस्नुपरेको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ