करेन्ट लागेर बालकको मृत्यु

साझासवाल
1 Min Read

<p>माघ २७, दमौली (रासस) | तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p><p>मृतक बालकको शव दमौली अस्पतालमा राखिएको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply