२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सैनिकको रगतले बचायो वृद्धालाई

२०७५, २७ माघ आईतवार ०९:५७

विमलबहादुर विष्ट, माघ २७, डोटी ।  जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ नेपाली सेनाको रुद्रध्वज गणका तीन सैनिकले दान गरेको रगतले एक वृद्धाको ज्यान जोगिएको छ । 

सुदूरपश्चिम पृतना जनसम्पर्क शाखाका अनुसार दीपायल सिलगढी नगरपालिका–५ बस्ने ७५ वर्षीया ललिता केसीलाई सुगर रोगसँगै निमोनिया पनि भएपछि दीपायलस्थित शैलेश्वरी अस्पताल भर्ना गरिएको थियो । 

शरीरमा रगतको मात्रा कमी भएर ज्यान जोगाउन कठीन भएकाले उहाँलाई रुद्रध्वज गणमा कार्यरत अमल्दार सन्दीप दरै, प्युठ गणेश थोकर तथा सिपाही खिमलाल भण्डारीले एक–एक पिन्ट ‘ए’ पोेटिभ रगतदान गरेको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले जानकारी दिनुभयो । 

रगत दिइएपछि वृद्धाको स्वास्थ्यमा निकै सुधार आएको शैलेश्वरी अस्पतालले जनाएको छ । नेपाली सेनाले आफ्ना सैनिकको ब्लडग्रुप पहिले नै छुट्याएर राख्ने गरेको र चाहिएका बेला जोसुकैलाई पनि रगत दान गर्ने गरेका कारण रगत आवश्यक परे सेनाको ब्यारेकमा बिरामीका मानिस धाउने गरेको स्थानीयवासी तुलसी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “सेनाले भनेको समयमा रगत दिने भएकाले यहाँका बासिन्दा रगतका लागि अन्य ठाउँ जानुभन्दा पहिले ब्यारेक नै धाउने गर्छन् ।” 

शिविरमा ४५३ जनाको उपचार 

जिल्लाका उच्च लेकाली भेगमा केही दिनअघि हिमपात भएसँगै चिसो बढेकाले बिरामीको सङ्ख्या बढ्न थालेपछि यहाँस्थित नेपाली सेनाको रुद्रध्वज गणले निःशुल्क स्वास्थ्य शिविर गर्न थालेको छ । 

उक्त गणद्वारा जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ३३३ महिला र १२० पुरुषको स्वास्थ्य जाँच गरिएको थियो । गणपति रत्नकेशर खड्काले भन्नुभयो, “हामीले निःशुल्क शिविर सञ्चालन ग¥र्यौं, थुप्रै बिरामीले उपचार सेवा पाए, हामी यसैमा खुशी छौँ ।” दीपायलस्थित उक्त गणले सुदूरपश्चिम पृतनामा कार्यरत नं. ५ फिए जिओपिडी शाखाका चिकित्सक टोलीको सहयोगमा शिविर सञ्चालन गरिरहेको हो । 

यसैगरी सोही गाउँपालिका–४ सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरमा नेपाली सेनाको जिओपिडी शाखाका डा सुमन थापाले भन्नुभयो, “हामीले सञ्चालन गरेको शिविरमा थुप्रै बिरामी आएका थिए, जाँच गर्न हामीलाई भ्याई नभ्याई हुँदा पनि कसैलाई फिर्ता पठाउनु परेन ।” 

नागरिकको स्वास्थ्य जाँच तथा स्वास्थ्य उपचारका लागि नेपाली सेनाको सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयोे । शिविरमा नेपाली सेना तथा उक्त विद्यालयका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । 

ज्येष्ठ नागरिकलाई सम्मान 

जिल्लाको सायल गाउँपालिका–४ ले समाजमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्व र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा साविकको डौड गाविसका अध्यक्ष तेजबहादुर सिंह, वडाकार्यालय भवनका लागि जग्गादाता नवराज उपाध्याय र समाजसेवी तथा तत्कालीन डौड गाविसमा लामो समयसम्म सचिवका रुपमा कार्यरत भीमबहादुर बोगटी हुनुहुन्थ्यो । 

यसैगरी चार ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको वडाध्यक्ष टीका सिंहले जानकारी दिनुभयो । साथै वडा नं ४ लाई मदिरा मुक्त गर्न भूमिका निर्वाह गर्नुहुने मदिरा नियन्त्रण समितिका अध्यक्ष जनकबहादुर सिंहलगायत १९ जना पनि सम्मानित हुनुभएको थियो । 

वडा कार्यालयमा आयोजित कार्यक्रममा यस आर्थिक वर्षमा सम्पन्न भएका र शुरुआत गरिने योजनासमेत सार्वजनिक गरिएको थियो । सो योजनामा डौडदेखि बावनसैन, भल्मा हुँदै झिक्राना र केलाभाडी घङ्गारे झिक्राना सडक यसै वर्ष शुरुवात गरिने उल्लेख छ । 

यसैगरी मदिरा नियन्त्रण अभियान पनि जारी राखिने, वडाभित्रका राष्ट्रिय वनलाई सामुदायिक बनाइने, सामुदायिक वन संरक्षण गरिने, विद्युुत् सेवा विस्तार गरिने, स्वास्थ्य चौकी स्तरोन्नति गरी १५ श्ययाको बनाइने, एम्बुलेन्स सेवा उपलब्ध गराइने, वडा नं ४ भित्रका कार्यालय र विद्यालयमा ई–लाइब्रेरीको व्यवस्था गरिने, टेलिकमको टावरलाई शीघ्र सञ्चालन गर्न पहल गरिने पनि उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए