मेनका चौधरी | माघ २८, बर्दिया | नेपालकै ठूलो पर्यटकीय सिमसार क्षेत्र बढैयातालले संरक्षण पाएको छैन । तालमा रहेका प्राकृतिक झार मार्नका लागि जिल्ला समन्वय समितिले ठेक्का लगाए पनि तालमा विषादि प्रयोग गर्नाले माछा, झार तथा चराहरु मरेका छन् ।
यहाँ चीन हुँदै विभिन्न देशबाट आगन्तुक तथा स्थानीय चार सय प्रजातिका चरा हिउँदमा फुल पार्न र बच्चा कोरल्न आउँछन् । यहाँ तीन महिना बस्ने चरामा साइबेरियाली सारस, मैना, जुरेली, धोबीन, राजलाहाँचे, क्राउन, चखेवा, कर्याङकुरुङलगायत चरा र तीन सय जातका माछामा रोही, प्रह्नी, नैनी, सिलभर, कमनकार्पलगायत छन् । तिनलाई हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । यहाँ कमलको फूल सेतै फुलेको हुन्छ । एक सय सात बिघाको ताल चुरे पहाडको डाँडाबाट हेर्दा सेतो थालजस्तै टलक्क टल्किएको देखिन्छ । “नेपालकै ठूलो सिमसार
क्षेत्र बढैयातालमा कहिले पनि पानी सुक्दैन” स्थानीयवासी लल्लु थारुले भन्नुभयो ।
सो ताल सरकारले संरक्षण गर्नुपर्नेमा नगरेकाले मानवको अतिक्रमण बढेको छ । सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दबाउन नेपालबाट सहयोग भएवापत बेलायत सरकारले नेपाललाई दिएको नयाँ मुलुक(बाँके, बर्दिया, कैलाली र कञ्चनपुर)मध्ये बर्दियामा पर्ने यो ताल नजीकै सोसम्बन्धी कागजात तयार गरिएको बताइन्छ । चार जिल्ला पाउनु राम्रो(बरिया) काम भएकाले बढैया भनिएको
बताइन्छ ।
हुलाकी सडकमा पर्ने राराताल नजीक बबई नहरको मुआब्जाको विवाद समाधान भएको छ । हुलाकी सडकदेखि गुलरिया नगरपालिकाको पर्वतीया मन्दिरसम्मको करीब १८ किलोमिटर लम्बाइको नहर मुआब्जाको विवाद समाधान भएपछि नहर निर्माणको काम अघि बढ्ने भएको छ ।
गत आव २०७४ । ०७५मा नहरको रेखाङ्कनमा परेका १० बिघा १५ कठ्ठा सात धुर जग्गा अधिग्रहण गरिएको छ । सोका लागि कुल मुआब्जा रु १५ करोड ७२ लाख ७२ हजार ३१२ वितरण गरिने छ । सो रकममध्ये गत आवमा रु आठ करोड १६ लाख ३८ हजार ६०० मुआब्जा भुक्तानी गरिएको बबई सिँचाइ आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिनुभयो । मुब्आजा वितरण दैनिक भइरहेको आयोजनाका प्रशासन शाखा अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।