2026-09-04 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर कम्पनीको धरौटी रकम पुन: परिमार्जन, वर्षमा कम्तिमा १०० कामदार पठाऊनै पर्ने

माघ २८, काठमाण्डौ । म्यानपावर कम्पनीको धरौटी रकम पुन: परिमार्जन भएको छ । सोमबार बसेको कानून समितिको बैठकले म्यानपावर कम्पनीलाई तीन भागमा वर्गीकरण गर्दै धरौटी रकम परिवर्तन गरेर पेश गर्ने निर्णय गरेको हो ।

समितिले वर्षमा ३ हजारसम्म कामदार पठाउनेलाई ५० लाख नगद र १ करोड ५० लाख बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउनेलाई १ करोड नगद २ करोड बैंक ग्यारेन्टी र पाँच हजारभन्दा बढी  कामदार पठाउनेलाई २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरेको छ । 

यसअघि, सरकारले ५ हजारभन्दा बढी कामदार पठाउनेलाई नगद २ करोड र ४ करोड बैंक ग्यारेन्टी र कम पठाउनेलाई १ करोड नगद र २ करोड बैंक ग्यारेन्टी धरौटी सहितको पस्ताव सहितको  विधेयक दर्ता गरेको थियो । हाल सबै म्यानपावर कम्पनीको धरौटी सात लाख रुपैयाँ नगद र २३ लाख बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था रहेको कायम रहेको छ ।

समितिले बैदेशिक रोजगार व्यवसायी संघले दिएको सुझाव अनुरुप नै वर्षमा १ सय जना कामदार विदेश पठाउन नसक्ने म्यानपवारलाई खारेजसम्म गर्न सकिने व्यवस्था गरेको छ। नेपाल ऐनमार्फत वैदेशिक रोजगार ऐनमा संशोधन गरेको संशोधन प्रस्तावमा समितिले कामदार कम्पनीलाई एक पटक अवसर दिने र अर्को पटक पनि सयभन्दा बढी कामदार पठाउन नसकेमा खारेज गर्ने निर्णय गरेको छ । 

एकाघरका परिवारले एउटाभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने र त्यस्तो भए ६ महिनाभित्रमा मर्ज गर्न समय दिने निर्णय पनि गरेको छ । हाल एकै व्यवसायीका १ भन्दा बढी म्यानपावर कम्पनी संचालनमा रहेका छन् । 

समितिले पारित गरेको विधेयक संघीय संसदको बैठकमा पेश गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ