२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा कुष्ठरोगका नयाँ बिरामी फेला

२९ माघ २०७५, मंगलवार ०८:२६

धनबहादुर भण्डारी | माघ २९, डडेल्धुरा | सरकारले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि प्रत्येक वर्ष कुष्ठरोगका नयाँ बिरामी थपिँदै गएका छन् । 

डडेल्धुरामा मात्रै प्रत्येक वर्ष ३–४ जनामा कुष्ठरोग देखिने गरेको यहाँको उपक्षेत्रीय अस्पतालले जनाएको छ । अस्पतालले पाँच वर्षको अन्तरालमा ९३ कुष्ठरोगीको उपचार गरेको जनाएको छ । 

गत पुस महीनासम्ममा डडेल्धुरामा तीन जनामा कुष्ठरोग देखा परेका उपक्षेत्रीय अस्पतालका टिभी ल्याप्रोसी सुपरभाइजर तारादत्त पन्तले जानकारी गराउनुभयो । गएको पुससम्ममा १२ जनामा सङ्क्रमण देखिएको थियो । सुपरभाइजर पन्त भन्नुहुन्छ, “कुनै महीना पाँचजनामा पनि कुष्ठरोगको सङ्क्रमण पाइने गरेको छ । 

गत वर्ष १८ जनामा कुष्ठरोगको सङ्क्रमण देखिएपछि अस्पतालमा उपचार सम्भव नभएकाले पछि विषेशज्ञ चिकित्सकीय उपचारका लागि आठ जनालाई अन्यत्र सिफारिश गरिएको पन्तले जानकारी दिनुभयो । यसवर्ष पनि तीनजनालाई उपचारका लागि अन्यत्र पठाइएको बताइएको छ । 

विगतका वर्षको तुलनमा बिरामीको सङ्ख्या घटेको भए पनि सरकारले घोषणा गरेको कुष्ठरोग भने निवारण हुन सकेको छैन । हरेकवर्ष नयाँ बिरामी आउने गरेका सुपरभाइजर पन्तले बताउनु भयो । तर, पहिले र अहिलेको तुलनामा शरीरको अङ्गभङ्ग भएपछि अस्पताल पुग्ने क्रम भने रोकिएको छ । शुरुवाती लक्षण र बिरामीलाई शङ्का उत्पन्न हुने वित्तिकै अस्पताल जाँच गर्न आउने गरेको चिकित्सक बताउँछन् । जाँच गर्न अस्पताल आउँदा प्रत्येक वर्ष १८–२० को सङ्ख्यामा कुष्ठरोग देखिने गरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको तथ्याकङ्ले देखाएको छ । 

धेरै बिरामीको उपक्षेत्रीयमा नै उपचार हुने गरेको र कतिपयलाई विषेशज्ञ सेवा आवश्यक पर्ने भएकाले बाहिर पठाउने गरेको अस्पतालले जनाएको छ । झण्डै तीन दशक अघि सुदूरपश्चिममा पहिलो पटक पोखरामा रहेको टिम अस्पतालले कुष्ठरोगको उपचार थालेको थियो । उतिबेला सयौंको सङ्ख्यामा शरीरका अङ्गभङ्ग भएका बिरामी अस्पताल पुग्ने गरेको स्थानीयवासी बताउँछन् । 

केहीवर्ष आगाडि देउता रिसाउँदा कुष्ठरोग हुने अन्धविश्वासका कारण सर्वसधारण उपचार गर्न समेत डराउने गर्दथे । शिक्षाका कारण जनचेतना बढेसँगै उपचारमा पहुँच भएकाले बिरामी चाँडो अस्पताल पुग्ने गरेको उपक्षेत्रीयका मेडिकल सुपरिटेण्डेन्ट जीतेन्द्र कँडेलले बताउनुभयो । 

कुष्ठरोगलाई अझै पनि कतिपयले वङ्शाणुगत रोग, पापका रुपमा लिने गरेका छन् । उहाँले भन्नुभयो, “तर, यो सत्य होइन । यो रोग छिट्टै नसर्ने रोग हो भने उपचार गरे पूर्णरुपमा निको हुन्छ ।” उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बाजुरा, अछाम, दार्चुला, बझाङ्ग, बैतडी, डोटीबाट उपचार गराउन बिरामी आउने गरेकाले धेरै बिरामी देखिएको हो । सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाबाट वर्षेनी २–३ जना कुष्ठरोगी देखिने गरेको तथ्याङ्क छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो