२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पत्रकार र ज्येष्ठ नागरिकलाई निःशुल्क बस सेवा

२०७५, १ फाल्गुन बुधबार ०३:१६

फागुन १, डोटी (रासस) | शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा पत्रकार, अपाङ्गता भएका व्यक्ति, असहाय र ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने भएका छन् । 

नगरपालिकामा मङ्गलबार बसेको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति र पत्रकारलाई निःशुल्क रुपमा यात्रा गर्न दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जानकारी दिनुभयो । 

नगरपालिकाका नागरिकको सहुलियतका लागि बस सञ्चालन गरेकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्ति, असहायलाई सेवासुविधा दिन सो निर्णय गरिएको नगरप्रमुख सीताराम जोशीले बताउनुभयो । 

पत्रकारलाई समाचार सङ्कलनका क्रममा सजिलो होस् भन्ने उद्देश्यले नगरबसमा निःशुल्क यात्राको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले गरेको उक्त निर्णयलाई स्थानीयवासीले स्वागतयोग्य काम भनेर खुशी व्यक्त गरेका छन् । नगरपालिकाले केही महीनाअघि मात्रै दुई नगरबस सञ्चालनमा ल्याएको छ । अरु गाडीभन्दा उक्त नगरबसले ३० प्रतिशत कम भाडा लिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित