२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवासमा फागुनको दोस्रो साता हात्ती पाइले रोगको औषधि खुवाइने

१ फाल्गुन २०७५, बुधबार १५:०२



शिला पाण्डे, पर्वत । फलेवास नगरपालिकाले यहि फागुनको दोस्रो साता हात्ती पाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ । नगरपालिकाका ११ वटै वडामा हात्ति पाइले रोग विरुद्धको अभियान फागुन १५ गतेदेखि शुरु हुने भएको हो ।

चार दिनसम्म चल्ने उक्त अभियानका लागि  ६ लाख ७४ हजार खर्च हुने अनुमान गरिएको छ  भने ५५ जना स्वाथ्यकर्मी परिचालन हुने बताइएको छ ।

फलेवास नगरपालिकाले हात्ती पाइले रोगमुक्त नगरपालिका बनाउनको लागि आज (बुधबार) कार्यशाला गोष्ठिको आयोजना गरेको छ । नगरपालिकाका ११ वटै वडाका स्वास्थ्यचौकीका प्रमुख तथा प्रतिनिधिहरुसँग हात्ती पाइले रोग निवारण सम्बन्धी सो गोष्ठिमा अन्तरक्रिया गरिएको हो ।

फलेवास नगर प्रमुख पदमपाणी शर्माले हात्ती पाइले रोग निवारण सम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरी नगरपालिकालाई हात्ती पाइले रोग मुक्त नगरपालिका बनाउनुपर्नेमा जोड दिए । उनले नगरभित्रका सबै नगरबासी यस रोगबाट मुक्त हुनुका साथै स्वास्थ्य रहनु भन्ने आफूले चाहेको बताए ।


हात्ती पाइले रोग विरुद्धको औषधि सेवन अभियानमा कोही पनि नगरबासी नछुट्ने गरी स्वास्थ्यकर्मी परिचालन गरी हात्ती पाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई सफल पार्ने तयारी भएको कार्यक्रम संयोजक बिजय क्षेत्रीले सहारापाटीलाई जानकारी दिए ।

अघिल्ला अभियानहरुमा स्वयंसेवक परिचालन गर्ने गरेको भएपनि यस वर्ष नगरपालिकाले स्वास्थ्यकर्मी नै परिचालन गर्ने तयारी गरेको उनले बताए ।

उक्त कार्यक्रममा उपप्रमुख मन्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटा,स्वास्थ शाखाका लालबहादुर थापा लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रम को सहजीकरण कार्यक्रम संयोजक बिजय क्षत्रीले गरेका थिए ।

प्रत्येक वडामा अभिमुखिकरण तालिमको आयोजना गरी सोही अनुसार हात्ती पाइले रोग निवारण सम्बन्धी अभियान चलाउने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै