2026-09-14 04:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित

विमलबहादुर विष्ट | फागुन ३, डोटी | जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेसिन प्रयोग गरेर सडक निर्माण गरिरहेको स्थानीयवासीको आरोप छ । 

गाउँमा हुने विकास निर्माणमा मेसिन मात्रै प्रयोग हुन थालेपछि डोटीका ग्रामीण क्षेत्रका स्थानीयवासी रोजगारीका लागि छिमेकी मुलुक भारत जान बाध्य भएको जोरायल गाउँपालिका–५ निरौलकी स्थानीय चित्रराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक निर्माण हुने ठाउँमा मेसिन प्रयोग हुँदैछन्, मजदुरले काम पाउँदैनन्, काम नपाएपछि कमाउन त भारत पस्नै प¥यो ।” 

यहाँका स्थानीयवासीलाई रोजगारीका लागि भारत जानुको विकल्प नभएको उहाँको दावी छ । पुरुषजति रोजगारीको खोजीमा भारत गएपछि गाउँमा महिला, वृद्धवृद्धा तथा बालबालिका मात्रै रहेको वोगटान गाउँपालिका–१ का कमलसिंह बमले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक निर्माणजस्ता ठूला योजनामा मेसिन प्रयोग हुन्छ, पुरुषजति काम खोज्न भारत छन्, गाउँ युवाविहीन छ ।” 

रु एक करोडसम्मका निर्माणकार्य उपभोक्ता समितिमार्फत गर्न पाउने प्रावधान भए पनि यहाँका ग्रामीण क्षेत्रमा हुने विकास निर्माणमा मेसिन हावी भएका छन् । उपभोक्ता समितिले पनि डोजरकै प्रयोग गरेको पाइएको जोरायल गाउँपालिका–५ का स्थानीय दीर्घबहादुर बोगटीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “उपभोक्ता समितिले पनि डोजर नै प्रयोग गर्न थालेका छन्, मजदुर विस्थापित छन् ।” मेसिनको प्रयोग हटाएर स्थानीय मजदुरलाई नै काम दिएको खण्डमा यहाँका युवा तथा मजदुरहरु विस्थापित नहुने स्थानीयवासीको भनाइ छ । यहाँका स्थानीयवासी कामका लागि वर्षेनी भारतका विभिन्न शहर पञ्जाब, बरेली, लुधियाना, बैङ्लोर, दिल्ली, उत्तराखण्ड, कुमाउ, गडवाल जाने गर्दछन् । 

बाजेको सम्झनामा अक्षय कोष 

जिल्लाको सायल गाउँपालिका–५ डौडसुण्डमा रहेको ओम आधारभूत विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरिएको छ । डौडका स्थानीय तथा समाजसेवी सिद्धराज जोशीले आफ्ना बाजे स्व परमानन्द जोशीको सम्झनामा उक्त अक्षयकोषको स्थापना गरेको विद्यालयले जनाएको छ । विद्यालयमा स्थापना गरिएको अक्षयकोषले प्रत्येक वर्ष विद्यालयमा उत्कृष्ट एक छात्र र एक छात्रलाई पुरस्कार दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज उपाध्यायले बताउनुभयो । ओम गेष्टहाउस सिलगढी, डोटीका सञ्चालकसमेत रहनुभएका जोशीले विद्यालयको वार्षिकोत्सवको अवसरमा समितिका अध्यक्ष उपाध्यायलाई उक्त कोषको चेक हस्तान्तरण गर्नुभएको हो । 

चेक हस्तान्तरणपछि जोशीले हरेक वर्षको जन्मदिनको खर्चको रकम विद्यालयलाई शैक्षिक सामग्री दिने घोषणासमेत गर्नुभएको छ । 

त्यस्तै आदर्श गाउँपालिका–१ मा रहेको भैरव माध्यामिक विद्यालयमा पनि रु एक लाख १० हजारको अक्षयकोष स्थापना भएको छ । स्थानीय अमरबहादुर खड्का तथा उहाँकी श्रीमती हरिमाया खड्काले छोरा अनमोल खड्काको सम्झनामा उक्त अक्षयकोषको स्थापना गर्नुभएको हो । गली एकेडेमी धनगढीमा अध्ययनरत अनमोलको निधनपछि सम्झनामा अक्षयकोषको स्थापना गरिएको अमर खड्काले जानकारी दिनुभयो । 

अव्यवस्थित फोहरले सास्ती 

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुर बजार क्षेत्र दिनानुदिन दुर्घन्धित बन्दै गएको छ । केही वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको उक्त बजारभरि फोहर फालिएका कारण रोग गाउँमा फैलिन सक्ने भन्दै स्थानीयवासी चिन्तित बनेका छन् । उक्त क्षेत्रमा पर्ने सुजङ स्कूल, सुजङ अस्पातल, रातामाटी, मगरटोलका स्थानीयवासीले खुलारूपमा फोहर फाल्दा दुर्गन्ध फैलिएको स्थानीयवासीको आरोप छ । सुजङ अस्पातलमा जन्मिएका बालबालिकाका सालनाल पनि खुलारूपमा फालिएका कारण काग तथा कुकुरले टिपेर बाटोमा फाल्ने गरेको स्थानीय सञ्जी नेपालीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अस्पतालले फाल्ने फोहर कहिले कुकुर त कहिले कागले टिपेर ल्याउँछन् र स्थानीयवासीको खानेपानीमा फालिदिन्छन्, त्यही पानी मान्छेले खाँदा रोग त पक्कै लाग्छ होला ।” बाटोभरि फोहर फालिएको र रोग फैलिने सम्भावना रहेको भन्ने जानकारी पाएपछि सो क्षेत्रमा काम गरिरहेको एफएमडिसीद्वारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाको सहजीकरणमा जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा पत्रकारहरुले स्थलगत अनुगमन गरेका थिए । 

अनुगमनका क्रममा सेफ्टीट्याङ्की खोल्ने गरेको, अस्पतालमा निस्कने फोहर व्यवस्थापन नभएको, सोझै खोलामा दिसापिसाब मिसाउने गरेको भेटिएको छ । राजपुरस्थित शहीद स्मृति आवासीय विद्यालय, सुजङ बोर्डिङ स्कूल, सुजङ अस्पताल, रातामाटी, मगरटोल, फेमिलीटोललगायतमा सरसफाइको अवस्थाबारे अनुगमन गरिएको थियो । 

वडा सदस्य दिलबहादुर कठायतले भन्नुभयो, “अस्पतालको फोहर फाल्ने डम्पिङसाइट खुला हुँदा कुकुर, कागले फोहर ल्याउने गरेको र स्कूलबाट पनि ढल फाल्ने गरेको अनुगमनका क्रममा पायाँै, सरोकारवालालाई सम्झाएर फर्किएका छौँ ।” अनुगमन टोलीलाई 

सरोकारवालाले सरसफाइ गर्ने प्रतिबद्धता गरेका छन् । अनुगमन टोलीसँग सुजङ अस्पताल पछाडि रहेको रातामाटीका बासिन्दाले अस्पतालको फोहरबारे चर्को आलोचना गरेका थिए । उनीहरुले अस्पतालको फोहर व्यवस्थापन नहँुदा बस्तीभरि दुर्गन्ध फैलिएको दुखेसो पोखेका थिए । 

सुजङ अस्पतालको फोहर घर नजिकै फालिने गरेको र सोही फोहर कुकुर, काग, पशुपक्षीले घरमा पुर्याइदिने र केटाकेटीले खेल्नका लागि घरमा ल्याउने गरेको स्थानीयवासी पार्वती बोहराकोे आरोप छ । उता सुजङ अस्पतालले भने आफूहरुको अस्पतालबाट निस्किएको फोहर स्थानीयको घर, बाटोमा नफालेको र उडेर वा अरु कुनै माध्यमबाट गएको हुनसक्ने दावी गरेको छ । व्यवस्थापनका लागि पहल गरिने अस्पतालले प्रतिबद्धता गरेको छ । एफएमडिसीले दिपायल सिलगढी–४ मा कुमालीकोट स्थानीयसभा गठन गरी नियमितरूपमा स्थानीय समस्या तथा सम्भावनाबारे स्थानीयवासीबीच छलफल गर्ने गरेको छ । 

वोगटान सडक कालोपत्र हुँदै 

जिल्लाको सबैभन्दा पुरानो वोगटान सडक शिलान्यास भएको लामो समयपछि बल्ल आएर कालोपत्र हुने भएको छ । निर्माण कम्पनीले आफना मेसिन तथा औजार अहिले डोटीको विपीनगर पुर्याउन थालेको स्थानीयवासी रोज कलेलले बताउनुभयो । 

कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिकासम्म ५० किलोमिटर सडक कालोपत्र हुनेभएको हो । उक्त सडक कालोपत्रको जिम्मा कुमार श्रेष्ठ निर्माण सेवालाई दिइएको छ । “कालोपत्रका लागि चाहिने सबै सामग्री हामीले विपीनगर पुर्याउँदैछौँ” कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्र्याक्ट म्यानेजर ईश्वर बस्नेतले बताउनुभयो । सहजपुर–वोगटान सडक कालोपत्र गर्न रु दुई अर्ब पाँच करोडमा ठेक्का भएको छ । कालोपत्र ३० महीनाभित्र सम्पन्न गरिने लक्ष लिइएको बस्नेतले जानकारी दिनुभयो । कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको विपीनगरदेखि बडीकेदार गाउँपालिकासम्म २८ किमी सडक कालोपत्रका लागि निर्माण कम्पनीका कर्मचारी खटिइसकेका छन् । 

सडक कालोपत्र गर्ने क्रममा कैलाली र डोटीमा गरी झण्डै ६ हजार रुख काट्नुपर्ने अवस्था आएकाले सो प्रक्रिया पनि अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ । भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले उक्त सडक कालोपत्र गर्न लागेको सडक विभागका डिजी सुशीलबाबु ढकालले बताउनुभयो । आर्थिक समृद्धिमा मेरुदण्ड मानिएको सो सडकले कैलालीका तत्कालीन दुई र डोटीका १७ गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । शिलान्यास भएको ३३ वर्षपछि उक्त सडक अहिले आएर कालोपत्र हुने भएको हो । सहजपुरदेखि बडीकेदार गाउँपालिका हुँदै वोगटान गाउँपालिकाको सिमचौर भएर दिपायल जोड्ने उक्त सडक विसं २०४२ मा शिलान्यास भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले