२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दिदीबहिनी महोत्सवमा रत्यौलीको रौनक, लुठोले देखायो चर्तिकला (भिडियोसहित)

५ फाल्गुन २०७५, आईतवार ०३:११


शिला पाण्डे, पर्वत । रेडियो दिदीबहिनीको आयोजनमा संचालन भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको ९ औं वार्षिकोत्सव कार्यक्रममा रत्यौलीको रौनक बढेको छ ।

विभिन्न महिला तथा आमा समुहहरुले रत्यौली प्रतियोगितामा भाग लिइरहेका छन् । लोक संस्कृतिको जर्गेनाको लागि रत्यौली प्रतियोगिताको आयोजना गरेको रेडियो दिदीबहिनी कि अध्यक्ष एवं पूर्व सांसद कल्पना चापागाइले सहारापाटीलाई बताइन ।

उनका अनुसार रत्यौली प्रतियोगितामा विजेता हुने टिमले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार पाउनेछन् त्यसैगरी ¥याली तथा विभिन्न झाँकी प्रतियोगितामा विजेता हुनेले २० हजार, १५ हजार र १२ हजार पाउनेछन् भने भजन प्रतियोगितामा विजेता हुनेले १५ हजार, द्धितियले १० र तृतीय हुनेले ७ हजार पाउनेछन् ।

त्यस्तै दिदिबहिनी डान्स आइडल प्रतियोगिता समेत यो बर्षदेखि शुरु हुने भएको छ ।  प्रथम डान्स आइडलको विजेताले ५० हजार, द्धितियले ३० र तृतीयले २० हजार नगद पाउनेछन् ।  डान्स आइडलको लागि एक नृत्यलाई प्रथामिकता दिइएको छ ।

साथै महोत्सवमा दर्जनौ राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने रेडियोकी अध्यक्ष चापागाइले सहारापाटीलाई बताइन् । उनका अनुसार कोमल वली, रामजी खाँड, पशुपति शर्मा, राधिका हमाल, प्रमोद खरेल, देवी घर्ती मगर, राजन कार्की, शिव हमाल, अन्जु पन्त, कुलेन्द्र विश्वकर्मा, मन्जु पौडेल, शोभा त्रिपाठी, कश्तुप पन्त, यम क्षेत्री, माग्ने बुढा, जितु नेपाल, ज्योति मगर, बले कक्रोज, र्पुखे बा, बशन्त थापा, प्रकास सपुत, राजा राजेन्द्र, ज्योति मगर लगायतको प्रस्तुती रहनेछ ।

दश दिनसम्म संचालन हुने महिला महोत्सवमा ६० लाखको कारोबार हुने पूर्व सांसद चापागाईले सहारापाटीसँग बताइन् । महोत्सवमा १ सयभन्दा बढी स्टलहरु रहेका छन् । 

महोत्सवमा अपाङ्कता भएका ब्यक्ति, जेष्ठ नागरिक, एकल महिलालाई परिचयपत्रका आधारमा टिकटमा निशुल्क गरिएको छ । महोत्सवका ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई ४० को टिकट रहेको छ ।

२०६६ साल फागुन २४ गते अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।

भिडियो




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य