पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ६, लहान | सिरहाको बरियारपटी गाउँपालिकाको न्यायिक समितिमा जग्गा विवाद सम्बन्धी उजुरी बढी दर्ता भएका छन् ।

दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी जग्गा विवाद सम्बन्धी उजुरी रहेको समितिले जनाएको छ । जग्गाको सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन र एउटाको जग्गा अर्काले मिचेकोजस्ता उजुरी सबैभन्दा बढी पर्ने गरेको समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष रेखाकुमारी यादवले बताउनुभयो ।

आर्थिक वर्ष २०७४÷७५ मा २५ वटा उजरी दर्ता भएकामा १५ वटा छलफल गरी किनारा लगाएको र बाँकी १० वटा मुद्दा माथिल्लो निकायमा पठाइएको उपाध्यक्ष यादवले बताउनुभयो ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी गाउँपालिकाको न्यायिक समितिमा नपरे पनि घरजग्गा विवाद, घर निर्माण विवादसँग सम्बन्धित उजुरी न्यायिक समितिमा बढी आउने गरेका छन् ।

गाउँपालिकाले उपाध्यक्ष यादवको संयोजकत्वमा एकजना वडाध्यक्ष र एकजना कार्यपालिका सदस्य गरी तीन सदस्यीय न्यायिक समिति गठन गरिएको छ ।