2026-09-04 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान पठाउने भन्दै दुई लाख लिएर सम्पर्क बिहिन भयो के गर्ने ?

फागुन ६, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउने धन्दा एजेन्टहरुको लागि निकै आकर्षक धन्दा हो । बेरोजगार युवाको कमि नभएको देशमा गाउँ-गाउँमा एजेन्टहरुको धन्दा फस्टाएको छ । त्यसमा पनि सरकारको खुकुलो नीतिले बैदेशिक रोजगारीमा व्यक्तिगत तथा संस्थागत ठगि बढिरहेको छ ।

बैदेशिक रोजगारीमा हुने ठगिमा एजेन्टहरुले अनाधिकृत रकम अशुली गर्ने मुख्य बिषय बनेको छ । साझा सबाल मिडियाले संचालनमा ल्याएको बैदेशिक रोजगार मोबाइल एपमा दैनिक आउने गरेका गुनाशालाई हेर्ने हो भने हालसम्म झन्डै ४० प्रतिशत भन्दा बढी गुनाशा ठगिसम्बन्धि रहेका छन् । ‘Baideshik Rojgar’ एप डाउनलोड गरेर सजिलै बैदेशिक रोजगार सम्बन्धि आफ्नो गुनाशो पोख्न पाइने भएपछि गत जनवरीमा मात्र यो सिस्टममा ३७८ गुनाशा आएका छन् । जसमध्ये अधिकांश गुनाशाहरु ठगि र चर्को रकम अशुली सम्बन्धि रहेका छन् । कतिपयले श्रम स्वीकृति र नवीकरण सम्बन्धि जानकारी लिन पनि आफ्नो गुनाशो पोख्ने गरेका छन् ।

आइतबार भुषण तिमल्सिनाले पठाएको एउटा गुनाशो अनुसार जापान पठाइदिने भन्दै एक जना एजेन्टले २ लाख लिएर अहिले सम्पर्क बिहिन बनेका छन् । उनले आफ्नो गुनाशोमा उल्लेख गरेका छन् – ‘मलाई जापान पठाइदिने भन्दै एउटा एजेन्टले २ लाख खायो । मैले पैसा दिँदा कुनै कागज गराएको थिएन । अब त्यो मान्छेलाई फोन गर्दा मोबाइलनै अफ छ । मैले पैसा दिएको डेढ बर्ष भयो । मेरो पासपोर्ट पनि लियो । अब के गर्ने होला ?’

उनको गुनाशो अनुसार उनलाई जापान पठाइदिने भन्दै २ लाख लिने व्यक्तिलाई कानुनले चिन्ने ठाउँ छैन । किनकी उनले पैसा दिँदा वा पासपोर्ट दिँदा यदी पछी सर्त अनुसार काम भएन र कानुनी प्रक्रियामा जानुपर्ने भयो भने के गर्ने भन्ने हेक्का राखेनन् । जसको कारण उनले आफुसँग २ लाख लिएर सम्पर्क बिहिन भएका व्यक्तिलाई मुद्धा हाल्ने आधार समेत गुमाएका छन् । उनले एजेन्टको आश्वासनकै आधारमा अनाधिकृत व्यक्तिलाई विश्वास गरेर बिना प्रमाण पैसा र पासपोर्ट दिए तर अब ति व्यक्ति सम्पर्क विहीन भए । यसको मतलव उनलाई आफूले तिरेको २ लाख र पासपोर्ट लिन कानुनी बाटोबाट जाँदा पनि सहज छैन | बैदेशिक रोजगार बिभागले बिना प्रमाण वा व्यक्तिगत लेनदेनको बिषयलाई मुद्धाको रुपमा स्वीकार गर्दैन । यस्तो अवस्थामा ठगीमा परेका व्यक्तिले प्रहरीकोमा उजुरी दिन सक्ने बाटो रहे पनि प्रमाणकै कारण उनले दिएको २ लाख फिर्ता नपाउन सक्छन् ।

पछिल्लो पटक यस्तै समस्या बैदेशिक रोजगारीमा एजेन्टलाई विश्वास गरेर बिना प्रमाण पैसा दिने धेरैलाई छ | सरकारले बैदेशिक रोजगारीमा जाँदा अनाधिकृत व्यक्तिसँग आर्थिक कारोवार नगर्न ताकेता गरेपनि व्यवहारमा त्यस्तो छैन । पछिल्लो समय त झन् बैदेशिक रोजगारीमा जानेसंग म्यानपावर कम्पनीले समेत एजेन्टमार्फत पैसा अशुली गर्न थालेको पाइएको छ । 

१० हजारमा विदेश पठाउन अनिवार्य गरेपछि मोटो रकम अशुली गर्न एजेन्ट मार्फत पैसा अशुली गर्दा म्यानपावरलाई समस्या नपर्ने र सहज हुने बुझेर कतिपय म्यानपावरहरुले आफ्ना विश्वासिला एजेन्ट खडा गरि बैदेशीक रोजगारीमा जाने कामदारसँग होटल वा आधिकारिक संस्था भन्दा बाहिरबाट पैसा अशुली गर्ने गरेको पाइएको हो । यसरी अशुली हुँदा पनि जिम्मेवार निकाय मौन छन् । जसको कारण ठग्नेहरुलाई अझै कानुन बिपरित अशुली गर्न साहश जुटेको छ भने ठगिनेहरु निरन्तर पिडित बन्दै गएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ