२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान पठाउने भन्दै दुई लाख लिएर सम्पर्क बिहिन भयो के गर्ने ?

६ फाल्गुन २०७५, सोमबार ११:०५

फागुन ६, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउने धन्दा एजेन्टहरुको लागि निकै आकर्षक धन्दा हो । बेरोजगार युवाको कमि नभएको देशमा गाउँ-गाउँमा एजेन्टहरुको धन्दा फस्टाएको छ । त्यसमा पनि सरकारको खुकुलो नीतिले बैदेशिक रोजगारीमा व्यक्तिगत तथा संस्थागत ठगि बढिरहेको छ ।

बैदेशिक रोजगारीमा हुने ठगिमा एजेन्टहरुले अनाधिकृत रकम अशुली गर्ने मुख्य बिषय बनेको छ । साझा सबाल मिडियाले संचालनमा ल्याएको बैदेशिक रोजगार मोबाइल एपमा दैनिक आउने गरेका गुनाशालाई हेर्ने हो भने हालसम्म झन्डै ४० प्रतिशत भन्दा बढी गुनाशा ठगिसम्बन्धि रहेका छन् । 'Baideshik Rojgar' एप डाउनलोड गरेर सजिलै बैदेशिक रोजगार सम्बन्धि आफ्नो गुनाशो पोख्न पाइने भएपछि गत जनवरीमा मात्र यो सिस्टममा ३७८ गुनाशा आएका छन् । जसमध्ये अधिकांश गुनाशाहरु ठगि र चर्को रकम अशुली सम्बन्धि रहेका छन् । कतिपयले श्रम स्वीकृति र नवीकरण सम्बन्धि जानकारी लिन पनि आफ्नो गुनाशो पोख्ने गरेका छन् ।


आइतबार भुषण तिमल्सिनाले पठाएको एउटा गुनाशो अनुसार जापान पठाइदिने भन्दै एक जना एजेन्टले २ लाख लिएर अहिले सम्पर्क बिहिन बनेका छन् । उनले आफ्नो गुनाशोमा उल्लेख गरेका छन् – 'मलाई जापान पठाइदिने भन्दै एउटा एजेन्टले २ लाख खायो । मैले पैसा दिँदा कुनै कागज गराएको थिएन । अब त्यो मान्छेलाई फोन गर्दा मोबाइलनै अफ छ । मैले पैसा दिएको डेढ बर्ष भयो । मेरो पासपोर्ट पनि लियो । अब के गर्ने होला ?'

उनको गुनाशो अनुसार उनलाई जापान पठाइदिने भन्दै २ लाख लिने व्यक्तिलाई कानुनले चिन्ने ठाउँ छैन । किनकी उनले पैसा दिँदा वा पासपोर्ट दिँदा यदी पछी सर्त अनुसार काम भएन र कानुनी प्रक्रियामा जानुपर्ने भयो भने के गर्ने भन्ने हेक्का राखेनन् । जसको कारण उनले आफुसँग २ लाख लिएर सम्पर्क बिहिन भएका व्यक्तिलाई मुद्धा हाल्ने आधार समेत गुमाएका छन् । उनले एजेन्टको आश्वासनकै आधारमा अनाधिकृत व्यक्तिलाई विश्वास गरेर बिना प्रमाण पैसा र पासपोर्ट दिए तर अब ति व्यक्ति सम्पर्क विहीन भए । यसको मतलव उनलाई आफूले तिरेको २ लाख र पासपोर्ट लिन कानुनी बाटोबाट जाँदा पनि सहज छैन | बैदेशिक रोजगार बिभागले बिना प्रमाण वा व्यक्तिगत लेनदेनको बिषयलाई मुद्धाको रुपमा स्वीकार गर्दैन । यस्तो अवस्थामा ठगीमा परेका व्यक्तिले प्रहरीकोमा उजुरी दिन सक्ने बाटो रहे पनि प्रमाणकै कारण उनले दिएको २ लाख फिर्ता नपाउन सक्छन् ।

पछिल्लो पटक यस्तै समस्या बैदेशिक रोजगारीमा एजेन्टलाई विश्वास गरेर बिना प्रमाण पैसा दिने धेरैलाई छ | सरकारले बैदेशिक रोजगारीमा जाँदा अनाधिकृत व्यक्तिसँग आर्थिक कारोवार नगर्न ताकेता गरेपनि व्यवहारमा त्यस्तो छैन । पछिल्लो समय त झन् बैदेशिक रोजगारीमा जानेसंग म्यानपावर कम्पनीले समेत एजेन्टमार्फत पैसा अशुली गर्न थालेको पाइएको छ । 

१० हजारमा विदेश पठाउन अनिवार्य गरेपछि मोटो रकम अशुली गर्न एजेन्ट मार्फत पैसा अशुली गर्दा म्यानपावरलाई समस्या नपर्ने र सहज हुने बुझेर कतिपय म्यानपावरहरुले आफ्ना विश्वासिला एजेन्ट खडा गरि बैदेशीक रोजगारीमा जाने कामदारसँग होटल वा आधिकारिक संस्था भन्दा बाहिरबाट पैसा अशुली गर्ने गरेको पाइएको हो । यसरी अशुली हुँदा पनि जिम्मेवार निकाय मौन छन् । जसको कारण ठग्नेहरुलाई अझै कानुन बिपरित अशुली गर्न साहश जुटेको छ भने ठगिनेहरु निरन्तर पिडित बन्दै गएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता