2026-07-07 02:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक रुपान्तरणका लागि ढोका खुल्यो: राष्ट्रपति

2019-02-19

फागुन ७, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण सदुपयोग गर्न सबै राजनीतिक दल, प्रवुद्ध वर्ग र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेको औँल्याउँनुभयो । 

‘तेस्रो निर्वाचन दिवस–२०७५’ को अवसरमा निर्वाचन आयोगद्वारा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक सङ्क्रमणको अन्त्य, संविधानको घोषणा र तीनै तहको निर्वाचन सम्पन्न गरी देशलाई निश्चित दिशा प्रदान गर्न राजनीतिक दल, नागरिक समाज र सबै नेपालीको उत्साहपूर्वक सहभागिता स्मरणीय रहेको उल्लेख गर्नुभयो । 

मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमद्वारा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लक्ष्य लिएको बताउँदै उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्प, मुलुकको आर्थिक सामाजिक समृद्धिको संवैधानिक मार्गचित्र अनुकूल भएकाले सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई एकबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो । 

लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगेर्ना तथा सुदृढीकरणमा निर्वाचन आयोगले गरेको योगदानको प्रशंसा गर्दै उहाँले बदलिँदो अवस्थानुसार आयोगको काम कारवाही अझै प्रभावकारी ढङ्गले सम्पादन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । आवधिक निर्वाचन लोकतन्त्रको आधारशीला रहेको भन्दै उहाँले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनु अनिवार्य सर्त हुने विचार व्यक्त गर्नुभयो । 

राष्ट्रपति भण्डारीले तीनै तहको निर्वाचनमा नेपाली जनताले उत्साहपूर्ण रुपमा सहभागी जनाई लोकतन्त्रको सुदृढीकरणमा ठोस योगदान गरेको स्मरण गर्दै स्वःस्फूर्त सहभागिताबाट लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्ने गहन जिम्मेवारी पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो । नेपाली जनताले निर्वाचनमा प्रदर्शन गरेको उत्साह र सहिष्णुताले मुलुकलाई समुन्नतिको मार्गमा अगाडि बढाएको उहाँको भनाइ थियो । 

निर्वाचनलाई अझै स्वच्छ, स्वतन्त्र र मर्यादित रुपमा सम्पन्न गरेर लोकतन्त्रलाई थप सुदृढ बनाउँदै लैजान आवश्यक कानून निर्माण र नवीन प्रविधिको प्रयोग गरी निर्वाचन व्यवस्थापनमा अझ बढी व्यावसायिक कुशलता अभिवृद्धितर्फ आयोग अघि बढ्ने राष्ट्रपति भण्डारीको विश्वास थियो । उहाँले निर्वाचन प्रक्रियालाई सरल र मतदातामैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । 

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विसं २०१५ साल फागुन ७ गते आमनिर्वाचन आरम्भ भएको दिनको सम्झनामा निर्वाचन दिवस मनाउन थालिएको जानकारी दिँदै आयोगको कार्य सम्पादनका लागि १० ऐन, आठ नियमावली तथा नीति निर्देशिका र आचारसंहिता रहेको बताउनुभयो । नेपालको संविधानको सफल कार्यान्यवनका लागि तीन चरणको निर्वाचनपछि ऐतिहासिक सफलता मिलेको बताउँदै उहाँले नेपाली जनतालाई समृद्ध बनाएर सुखी नेपाली बनाउन मुलुक अग्रसर रहेकोमा खुशी व्यक्त गर्नुभयो । 

विदेशमा रहेका नेपालीको मताधिकारको सुनिश्चितताका लागि सम्भाव्यता अध्ययनको काम अगाडि बढाएको जानकारी दिँदै उहाँले मतदाता नामावली सहज रुपमा दर्ता गर्नसक्ने गरी आवश्यक सुधारमा लागेको र केही समयभित्रै मतदाता दर्ता विशेष अभियान सञ्चालन गर्ने बताउनुभयो । विभिन्न तहमा ९४१ पद रिक्त रहेकाले उपनिर्वाचनको माध्यामद्वारा पदपूर्ति गर्नुपर्ने अवस्था रहेको यादवले जानकारी दिनुभयो । 

कार्यक्रममा निर्वाचन आयुक्त इला शर्माले प्रजातन्त्र दिवसका अवसरमा निर्वाचन दिवस मनाउन पाउँदा यसको महत्व अझ बढेको उल्लेख गर्दै निर्वाचन स्वतन्त्र र मर्यादित बनाउन आयोगले रणनीतिक योजना निर्माण गरी सुधारका काम गरिरहेको जानकारी दिनुभयो । 

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा, पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत उच्च पदस्थ कर्मचारी, सुरक्षा प्रमुख, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने