२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कालिका मन्दिरमा विवाहमा कडाइ

८ फाल्गुन २०७५, बुधबार ०७:१५

फागुन ८, बलेवा । प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा विवाहका लागि जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् कानूनले तोकेभन्दा कम उमेरका युवाका लागि यहाँ विवाह गर्ने ठाउँ छैन । नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएपछि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले पनि कानूनले तोकेभन्दा कम उमेरकालाई विवाहका लागि मन्दिरमा नआउन आग्रह गरेको हो । 

कानूनको उल्लङ्घन हुने गरी मन्दिरमा विवाह गर्दा जुनसुकै सङ्कट आइलाग्न सक्ने भन्दै गुठीले मन्दिरमा नआउन आग्रह गरेको हो । “उमेर नपुगी विवाह गर्नेहरुलाई मन्दिरमा आएर विवाह नगर्दिनुस् भनेका छौँ’ गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले भन्नुभयोे, “राज्यले बनाएको कानून परिपालना गराउनु र पालन गर्नु हाम्रो दायित्व हो ।” 

गुठीले कानूनले तोकेअनुसारको केटा र केटीको उमेरको फरक पनि २० वर्षभन्दा बढी भएमा विवाहका लागि मन्दिरमा नआउन आग्रह गरेको छ । गुठीले पछिल्लो समय केटाकेटी मात्रै मन्दिरमा आएर विवाह गर्ने गरेकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । 

“केटाकेटी मात्रै मन्दिरमा आएर विवाह गर्दा कस्तो अवस्थामा आएका हुन् भन्ने थाहै हुँदैन”, खड्काले भन्नुभयोे, “कहिलेकाहीँ जबरजस्ती विवाह पनि भएको हुनसक्छ, त्यसका कारण पछि पर्ने समस्याका बारेमा हामी सचेत हुनैपर्छ ।” 

उहाँले अभिभावक वा कोही आफन्त र साथीभाइ लिएर मात्रै विवाहका लागि मन्दिरमा आउन आग्रह गरिएको बताउनुभयो । “हामीले आग्रह मात्रै गरेका छौँ, मन्दिरमा सूचना टाँस पनि गरेका छौँ, नमान्नेलाई कारवाही गर्ने अधिकार त हामीसँग छैन तर पवित्र स्थानमा पवित्र मन लिएर नै आउनुहुन्छ भन्ने आशा राखेका छौँ”, खड्काले भन्नुभयो । 

वर्षमा झण्डै ६०० विवाह हुने मन्दिरमा लगनको महीनामा दैनिक १८ देखि २५ सम्म विवाह हुने गरेका छन् । विवाह लगन नभएका महीनामा पनि मन्दिरमा विवाहका लागि आउने गरेको गुठीले जनाएको छ । एउटा विवाह सम्पन्न गर्दा रु ५०० शुल्क लिने गरेको गुठी व्यवस्थापन समितिले विवाह शुल्कबाट उठेको रकमले आवश्यक पूर्वाधार निर्माण गर्ने गरेको छ । 

मन्दिर परिसरमा विवाहका लागि मण्डपसमेत व्यवस्था गरिएको छ । सरकारले घोषणा गरेको पुग्नैपर्ने १०० गन्तव्यमध्ये स्थापित गन्तव्यमा समावेश भएको कालिका भगवती मन्दिरमा विवाह, व्रतबन्ध र अन्य पूजापाठका लागि समेत दैनिक भक्तालु आउने गरेका छन् । नवदुर्गा पूजाको समयमा यहाँ भक्तालुको भीड नै लाग्ने गरेको छ भने अन्य समयमा दैनिक सरदरमा ५०० देखि एक हजारसम्म भक्तालु आउने गरेको गुठीको सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै