२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

जिपी फाउण्डेशनमा सदस्य मनोनित

२०७५, ९ फाल्गुन बिहीबार ०५:४५

फागुन ९, दमौली | पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्व सभापति स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जिपी फाउण्डेशन तनहुँले सदस्य मनोनित गरेको छ । 

फाउण्डेशनका संयोजक वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले विधानबमोजिम आठ सदस्य मनोनित गर्नुभएको हो । मनोनित हुने सदस्यमा व्यास नगरपालिका–१ का सन्त तामाङ, म्याग्दे गाउँपालिका–५ का खुमकान्त अर्याल, व्यास नगरपालिका–१ का लक्ष्मी श्रेष्ठ, व्यास नगरपालिका–१२ का कृष्णचन्द्र पाण्डे, शुक्लागण्डकी नगरपालिका–८ का अनन्त पौडेल, शुक्लागण्डकी नगरपालिका–१ का घनश्याम भट्टराई, शुक्लागण्डकी नगरपालिका–१ कै गीता परियार र व्यास नगरपालिका–८ का पारस बगाले रहेको जिपी फाउण्डेशन तनहँुले जनाएको छ । 

१३ सदस्यीय कार्यसमिति रहने फाउण्डेशनको विधानमा व्यवस्था रहे पनि हाल नौ सदस्यीय समिति गठन गरिएको र बाँकी सदस्यको मनोनयन छिट्टै गरी समितिलाई पूर्णता दिइने वाग्लेले जानकारी दिनुभयो । 

३९ लाख सामाजिक सुरक्षा भत्ता वितरण 

तनहुँको भानु नगरपालिका–८ ले सामाजिक सुरक्षा भत्तावापत रु ३९ लाख ४० हजार वितरण गरेको छ । वडाभित्रका ४८८ लाभग्राहीलाई चालू आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिकवापत मङ्सिरदेखि फागुनसम्मको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडासचिव भगवान त्रिपाठीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ओम विकास बैंकसँग सहकार्य गरिएको छ । बैंकका कर्मचारीले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ