2026-09-14 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका निजी श्रोत शिक्षक आन्दोलनमा

भाष्कर के.सी । फाल्गुन ९, कञ्चनपुर । नेपाल शिक्षक महासंघको फाल्गुन १० गते कञ्चनपुर जिल्लाका प्रत्येक नगरपालिका तथा गाँउपालिकाहरुमा सम्पूर्ण शिक्षकहरु तथा कर्मचारीहरुको हकहित र अधिकारका लागि भन्दै निर्वाचन भईरहेको छ भने त्यस निर्वाचनलाई खारेज गर्नु पर्ने भन्दै निजी श्रोत शिक्षक आन्दोलनमा उत्रिएका  छन् । 

उनीहरुले भीनपा बजारमा विरोध र्याली प्रर्दशन गरी जिल्ला शिक्षा समन्वयमा विरोध प्रर्दशन गर्नुको साथै कोण सभा गरेका छन् । 

नेपाल सरकारकाले विधानमै स्थायि शिक्षकलाई मात्र महासंघको चुनावमा भाग लिन पाउने भने पछि निजी श्रोतका शिक्षकहरु यस निर्वाचनमा भाग लिन बाट बञ्चित भएका छन् ।

जति मेहनत स्थायि शिक्षकले गर्दछन् त्यति नै मेहनत आफुहरुले पनि गर्ने, साथै विद्यार्थीहरुको चौतर्फी विकासको लागि आफुहरुले पनि लागि पर्ने तर निजी श्रोतका शिक्षकलाई असमान व्यवहार हुने गरेकोले आफुहरुलाई पनि स्थायी शिक्षक सरह समान व्यवहार गर्नुको साथै तत्काल निजी श्रोत शिक्षकले पनि निर्वाचनमा भाग लिन पाउनु पर्ने निजी श्रोत शिक्षकका अध्यक्ष भुपेन्द्र सिह धामीले बताउनु भयो ।  

शिक्षकहरुमा भएको असमान व्यवहार हटाउनु पर्ने, कर्मचारी (पिउन), पाले, लेखापालले शिक्षक महासंघको निर्वाचनमा भाग लिन पाउने आफुहरु शिक्षक भएर पनि उक्त निर्वाचनमा भाग लिन नपाउने किन सरकारले यस्तो विभेद पूर्ण व्यवहार गरेको ? त्यसकारण फाल्गुन ११ गते हुने निर्वाचन रोक्नु पर्ने पदम बहादुर खडकाले भन्ने ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिका स्थिीत धर्मजन्ता स्टेशनपुरमा विगत २२ वर्ष देखि अध्यापन गर्दै आएकि शिक्षीका पुनु बमले रिटायर्ड हुने बेला भएको तर सरकारले कहिले पनि आफुहरुलाई समान व्यवहार नगरेर सधै सौतेला व्यवहार गरेको आफुले पढाएका विद्यार्थी डाक्टर, इन्जिनीयर भएर देशको सेवा गरिरहेका छन् आफुले पनि सधै इमान्दारीका साथ शिक्षण पेशा गर्दै आइरहेको तर सरकारले आफुहरुलाई असमान व्यवहार गरेको बताउनुभयो ।

त्यसैगरी विहीबार सामुदायिक विद्यालयका निजी श्रोत शिक्षक संगठनले शिक्षकहरुलाई गरिएको विवेधकारी अन्ययाको अन्त्य गर्ने विद्यामान शिक्षा ऐनमा सुधार गर्न माग गर्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यलयका, प्रमुख जिल्ला अधिकारी मार्फत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले