Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीमा डि जे रथ पल्टिँदा एक युवकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ९, मलङ्वा ।&nbsp;</b>सर्लाहीमा&nbsp;डि जे रथ पल्टिँदा एक युवकको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका १० का २२ वर्षीय विकाश महतोको&nbsp; बिहीबार रथ पल्टिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।</p><p>सिसौटियाबाट सोही नगरपालिकाको वडा न ४ रोहुवामा जाँदै गरेको अवस्थामा रथ पल्टिएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।&nbsp;</p><p>महतोको दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेको थियो । महतोको उपचारको क्रममा सर्लाही अस्पताल मलङ्वामा मृत्यु भएको हो । रथ महतोको आफ्नै रहेको प्रहरीले जनाएको छ ।</p>