Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा ट्याक्टरले किच्दा एक बालकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन १०, सिरहा | सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित भित्री सडकमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा स्थानीय बसन्त सदाको १० वर्षीय छोरा आशिष सदा रहेको प्रहरीले जनाएको छ । बालुवा लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स१त ४२३१ नंको ट्याक्टरमा सवार आशिष अचानक ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेको थियो ।&nbsp;</p><p>ट्याक्टरले किचेपछि गम्भीर घाइते भएका बालकको उपचारको क्रममा कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p>