२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साङ्गठनिक एकीकरणको जिम्मा सचिवालयलाई

२०७५, १० फाल्गुन शुक्रबार १०:३६

फागुन १०, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहको साङ्गठनिक एकीकरण अब सचिवालय बैठकले नै टुङ्गो लगाउने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवायल बैठकले अहिलेसम्म कार्यदलले गरेको साङ्गठनिक एकताको कामका लागि धन्यवाद दिँदै एकताको बाँकी काम सचिवालयले गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । गत पुस १३ गते सम्पन्न स्थायी कमिटीको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय साङ्गठनिक एकीकरण गर्न कार्यदल गठन गरेकोे थियो । 

उक्त कार्यदललाई पुस मसान्तभित्र साङ्गठनिक एकीरणको प्रतिवेदन बुझाउने भने तापनि फागुन ६ गते अपूरो प्रतिवेदन बुझाएको थियो । कार्यदलले अपूरो प्रतिवेदन बुझाएपछि सचिवालय बैठकले आफैँ साङ्गठनिक एकीकरणको प्रस्ताव सचिवालयले नै तयारी गर्ने भएको हो । 

“कार्यदलले आफ्नो प्रतिवेदन पेश गरिसकेपछि अब बाँकी रहेको काम सचिवालयले नै गर्नेछ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “यसरी तयार गरिएको साङ्गठनिक एकताको प्रस्ताव स्थायी कमिटीमा पेश गर्नेछ ।”गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन । 

अहिलेसम्म जनवर्गीय सङ्गठनअन्र्तगत निर्माण व्यवसायी, कानून व्यवसायी र इञ्जिनीयरको मात्र एकीकरण भएको छ । पार्टी एकता भएको तीन महीनामा सबै तल्लो तहको एकता गर्ने भनिएकोमा अहिलेसम्म हुन नसक्दा पार्टी एकता लम्बिँदै गएको छ । एकीकरण लम्बिँदै जाँदा फागुन र चैत महीनामा पार्टी एकतालाई अझ बलियो बनाउनका लागि राष्ट्रिय अभियानसमेत सञ्चालन गर्ने भनिएको अभियानसमेत पछि धकेलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने