२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कराते प्रतियोगितामा खोटाङलाई पाँच स्वर्ण, ६ जना राष्ट्रिय प्रतियोगितामा खेल्दै

११ फाल्गुन २०७५, शनिबार ०५:१८

चिसाङ शेर्पा । फागुन ११, बिराटनगर । एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङले पाँच स्वर्ण जितेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भएको प्रतियोगितामा पाँच स्वर्णसहित तीन रजत, चार कास्य पदक जित्दै खोटाङ समुह दोश्रो बनेको छ । ६ स्वर्ण दुइ रजत र दुइ कास्य पदक जितेर मोरङ समुह प्रथम बनेको छ भने, तीन स्वर्ण तीन रजत र चार कास्य पदक जित्दै सुनसरी तेश्रो भएको छ ।


मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय विकास समितिको आयोजनामा बिराटनगरस्थित शहिद रंगशाला कभर्डहलमा गत मंगलबारबाट सुरुवात भएको तीन दिवसीय प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङकी रोश्मा राई, विद्याकला राई, नन्जु राईले महिला समुहकाता र एकल महिलाकातामा रोश्मा राईले स्वर्ण पदक जितिन् । ४५ केजी तौल समुह महिला कुमितेमा डुनु राई, ६८ केजी तौल समुहमा जस्मिना राई र ६८ प्लसमा मिसडोना राइले स्वर्ण पदक जितिन् । समुह पुरुषकाता सहित ६० केजी तौल समुह पुरुष कुमितेमा सन्तोष राई, ५५ केजी तौल समुह महिला कुमितेमा विद्याकला राईले रजत पदक दिलाएकी थिइन् । पुरुष एकलकातामा मोतिचन्द्र राई, ६७ केजी पुरुष कुमितेमा रुरीहाङ राई, ७५ केजीमा सुजन राई, ८४ प्लस कुमितेमा इश्वरधन राईले कास्य पदक जित्दा ५० केजी तौल समुह पुरुष कुमितेमा मोरङका महेश यादव, ५५ केजी तौल समुहमा विवेक थापा, ६० केजी तौल समुहमा किशोर कोइराला, ६७ केजी तौल समुहमा रोजन खड्का, ८४ प्लसमा सागर राउत र पुरुष एकलकातामा बिनय लिम्बुले स्वर्ण पदक जिते ।

७५ केजी तौल पुरुष कुमितेमा सल बहादुर गुरुङ र महिला एकलकातामा स्वस्तिका राईले रजत तथा ६० केजी तौल समुह महिला कुमितेमा रोजिना लिम्बु र ६८ प्लस कुमितेमा कृति दुलाले कास्य पदक जितर मारेङलाई प्रथम स्थानमा राखेका छन् । यसैगरी, पुरुष समुहकातासहित ७५ केजी तौल समुहमा सुनसरीका रोशन धामी, ५५ केजी तौल समुह महिला कुमितेमा अस्मिता राईले स्वर्ण, पुरुष एकलकातामा सुनसरीका रोहित राई, ६१ केजी महिला कुमितेमा इन्द्रमाया तामाङ र ६८ प्लस केजी महिला कुमितेमा रोजिना सुन्दासले रजत पदक जितेकी छन् । ६८ केजी महिला कुमितेमा सुमना राई, महिला समुहकाता, ५० केजी तौल महिला कुमितेमा जिना सुब्बा र  ८४ प्लस पुरुष कुमितेमा प्रिशेष श्रेष्ठले कास्य पदक जिते ।

प्रतियोगितामा (स्वर्ण) जित हासिल गर्ने खेलाडीले प्रदेश नम्बर सातको कञ्चनपुरस्थित महेन्द्रनगरमा (मिति नतोकिएको) हुने आठौं राष्ट्रिय प्रतियोगितामा स्पर्धा गर्न पाउनेछन् । ‘आठौं खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथमा १७ स्वर्ण, १७ रजत र ३४ कास्यगरी ६८ विधामा प्रतियोगिता गराइएको थियो । १७ स्वर्ण पदक जित्ने सवै खेलाडीले राष्ट्रिय प्रतियोगितामा स्पर्धा गर्नेछ । प्रदेश स्तरीय कराते प्रतियोगितासँगै भरत्तोलन, बक्सिङ र ताइकण्डोको प्रतियोगिता भएको थियो । 

यसैविच, एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका ६ जना खोटाङका खेलाडी राष्ट्रिय खेलमा खेल्न पाउने भएका छन् । बिराटनगरको शहिद रंगशाला कर्भडहलमा भएको प्रदेश स्तरीय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका खेलाडीले राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न पाउने भएका हुन् । खोटाङकी रोश्मा राई, विद्याकला राई, नन्जु राई, डुनु राई, जस्मिना राई र मिसडोना राईले आठौं राष्ट्रिय प्रतियोगितामा खेल्न पाउने भएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य