2026-09-14 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

मार्तडी–कोल्टी सडक अवरुद्ध

फागुन ११, बाजुरा | लगातारको हिमपातसँगै वर्षाका कारण एक महीनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । 

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै आवतजावतमा समेत निकै समस्या भएको छ । गत माघबाट शुरु भएको हिउँदे वर्षा र हिमपातले मार्तडीदेखि पूर्वीउत्तर क्षेत्रका चार स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला र मुगुका केही स्थानीय तहका जनतालाई समेत समस्या भएको र दैनिक उपभोग्य वस्तुको समेत अभाव हुन थालेको कोल्टीका व्यापारी ब्रतराज उपाध्यायले जानकारी दिनुभयो । 

बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिको बीचमा पर्ने पोरखेलेकमा बारम्बार हिउँ जमेपछि सडक अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताउनुभयो । लगातार हिमपात र वर्षाकै कारण मार्तडी–घटमुना सडक पनि फाटफुटबाहेक नियमित यातायात सञ्चालन हुनसकेको छैन । लगातार पानी परेकाले कच्ची सडक हिलाम्मे भएर यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कायालयले जनाएको छ । 

माघयता पटक–पटक गरेर सात पटक बढी हिमपात र वर्षा भइसकेको छ । लगातारको हिमपात र वर्षाका कारण जिल्लाको जनजीवन पनि अस्तव्यस्त बनेको छ । हिमपातका कारण बिरामी भएका व्यक्तिलाई सदरमुकाम मार्तडीसम्म ल्याउन सकस भएको छ । एक ठाउँबाट अर्को ठाउँमा जानसमेत नसकेको मार्तडीमा व्यापारी बलवीर गुरुङले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले