Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बाजुरामा चोरी सिकारी बढ्दै

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन १४, बाजुरा | एक महीनादेखिको हिमपातका कारण चोरी सिकारी बढ्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार त्रिवेणी नगरपालिकामा वन्यजन्तु मारिरहेको अवस्थामा दुई जनालाई भरुवा बन्दुकसहित बडिमालिका प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।&nbsp;<br></p><p>पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–७ का ३३ वर्षीय कृष्ण मिजार र सोही वडाका १८ वर्षीय खड्क अएडी रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिनुभयो । सोही नगरपालिकाको–८ बाधापानी जङ्गलबाट वन्यजन्तुको सिकार गर्ने क्रममा दुई जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको गुरुले बताउनुभयो ।&nbsp;</p>