2026-09-13 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा गाँजासहित दुई जना पक्राउ

फागुन १४, सर्लाही । लागुऔषध गाँजासहित प्रहरीले गए राति दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका–११ का २१ वर्षीय ट्र्याक्टर चालक डम्मरबहादुर मोक्तान र सोही ठाउँमा बस्ने ट्र्याक्टर धनी २९ वर्षीय मङ्गलसिंह मोक्तान रहेका छन् । सिन्धुलीबाट गाँजा लिएर सर्लाहीतर्फ आउँदै गरेको अवस्थामा दुबैलाई वाग्मती नगरपालिका–११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

ज ३ त ७३८७ नम्बरको ट्र्याक्टरको ट्रेलरको मुनि लुकाएर ३१ किलो गाँजा सर्लाहीतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुबैलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । 

प्राप्त सूचनाका आधारमा जाँच गर्दा उनीहरुलाई पक्राउ गरेको नायब उपरीक्षक खड्काले बताउनुभयो । पक्राउ गरिएका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको पनि प्रहरीले जनाएको छ । 

सिन्धुलीबाट आउने गाँजा सर्लाहीको बाटो हुँदै भारतको विहार राज्यमा पुर्याउँदै आएको प्रहरीको अनुमान छ । यसभन्दा अघि तस्करले सर्लाहीका पूर्वी क्षेत्रबाट गाँजा तस्करी गर्दै आएको थियो । तर, पूर्वी क्षेत्रबाट प्रहरीले धमाधम गाँजा पक्राउ पर्न थालेपछि तस्कर जिल्लाका पश्चिमी क्षेत्रको बाटो प्रयोग गरेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले